कोरोना भाइरस’bout सांसदको सुझाव


काठमाडौं । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले गरेको अपिल कार्यान्वयन गर्न संघीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने काठमाडौं उपत्यकाका सांसदहरूले आग्रह गरेका छन् ।


काठमाडौं उपत्यकाका सांसदहरूको शनिबार काठमाडौंको मन्डिखाटारमा बसेको बैठकले यस्तो आग्रह गर्ने निर्णय गरेको हो । सर्वसाधारण नागरिकले उच्च सतर्कता अपनाउनुपर्ने र सरकारले गरेको अपिल कार्यान्वयन गर्नुपर्ने निष्कर्ष सांसदहरूको रहेको छ ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं सांसद माधवकुमार नेपालले कोरोना भाइरसबाट पर्न सक्ने खतरा, सरकारले चालेको कदम, जनतामा जगाउनुपर्ने जनचेतना र भाइरसको संक्रमण, रोकथाम एवं नियन्त्रणको विषयमा बैठकमा छलफल भएको बताए ।


पूर्वप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता नेपालले सरकारले गरेको अपिल कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्ने बताए । सरकारले गरेको अपिल कार्यान्वयन गर्न संघका साथै प्रदेश एवं स्थानीय सरकार, जननिर्वाचित प्रतिनिधि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने उनले बताए ।


प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले सरकारले सरकारले गरिरहेको कामहरूमा अझै प्रभावकारी बनाउन आग्रह गर्ने विषयमा छलफल भएको बताए ।
छिमेकी मुलुक भारत र नेपालको सीमानाका बन्द गर्ने, अस्पतालहरूको तयारीका लागि सरकारले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने, सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने काम अझै प्रभावकारी गर्नुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउँने सहमति भएको उनले बताए ।


काठमाडौं उपत्याकाभित्र कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि स्थानीय जनप्रतिनिधिहरूले स्थानीय तहबाट गर्नुपर्ने काम प्रभावकारी बनाउँदै अगाडि बढ्नुपर्ने उनले बताए । तर, स्थानीय तहका निर्वाचित प्रतिनिधिहरूले गर्नुपर्ने काम प्रभावकारी नभएको थापाले बताए ।


यसका साथै कोरोना भाइरसको संक्रमणका कारण जोखिम बढ्दै जाँदा अर्थतन्त्रमा देखिने जटिलताका विषयमा सरकारले अहिलेदेखि नै पूर्वतयारी गर्नुपर्ने सुझाव सांसदहरूको बैठकले दिएको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले गर्ने काममा राजनीतिक दल एवं सांसदहरूको सहयोग गर्ने प्रतिबद्धता सांसदहरूले बैठकमा गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 159 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रभु साहकाे निर्वाचन क्षेत्रमा एमाले विजयी