सामन्था थाकिन्


मुम्बई । दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु हालका दिनमा अस्वस्थताका कारण अभिनयमा धेरै सक्रिय छैनन् । मायोसिटिस नामक रोगबाट पीडित उनी अब चाँडै नै लामो ब्रेक लिने तयारीमा छिन् ।

अस्वस्थताकै कारण उनले हालै रिलिज आफ्नो फिल्म ‘यशोदा’को पनि प्रचारप्रसार गर्न पाइनन् । सामन्था पूर्ण रुपमा स्वस्थ नभएसम्म अभिनयबाट ब्रेक लिने योजना बनाइरहेकी छन् ।

हिन्दी डब डेब्यू फिल्म ‘द फेमिली मेन २’को सफलतापछि उनले धेरै बलिउड फिल्ममा हस्ताक्षर गरेकी थिइन् । तर स्वास्थ्यका कारण सामन्थाले समय नदिने भएपछि निर्माताले सामन्थाको विकल्प खोज्न थालेका छन् ।

सामन्था अहिले विजय देवरकोण्डा अभिनित फिल्म ‘कुशी’को सुटिङ पुरा गर्ने तयारीमा छिन् । यो फिल्मको काम पूरा गरेपछि उनी केही समयका लागि फिल्मबाट टाढिने छिन् । यो फिल्मबाहेक अन्य फिल्मका लागि भने उनले तत्काल असम्भव भनेपछि निर्माताले विकल्प खोज्न थालिसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 463 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनलाई हराउँदै धनगढीको मेयर बने स्वतन्त्र उम्मेदवार गोपाल हमाल