काठमाडौं । चलचित्र ‘चि मुसी चि ः इभन डेड डिजायर बिलङ्गिङ’ यही २२ पुषबाट रिलिज हुने भएको छ । यो चलचित्रको पहिलो गीत सोमबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । यसलाई कसाँस गीत भनेर कार्यक्रममा चर्चा गरियो ।
यो गीतमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, ऋचा शर्मा, बेनिशा हमाल र राजन खतिवडाको अभिनय रहेको छ । गीतले फिल्मको एउटा महत्वपूर्ण कथाअँश बोकेको अभिनेत्री प्रियँकाले कार्यक्रममा बताईन् । हरर सम्बन्धि यो चलचित्रले केही परिवर्तन ल्याउने पनि अभिनेत्री कार्कीले कार्यक्रममा दाबी गरिन् । एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा रविन्द्र झा, गौरव बिष्ट, विज्ञ नेपाल र विभुति नेपाल लगायतका कलाकार अभिनय रहेको छ ।
यो गीतमा त्रिशला गुरुङ र बिराज गौतमको स्वर रहेको छ । गीतको म्युजिक प्रोडुसरमा रोहित शाक्य, संगीत संयोजकमा शाक्क र बिराज गौतम रहेको छन् । यसको शब्द बिराजको हो ।
गायिमन त्रिशलाले चि मुसी चि जस्तो फरक जनराका हरर थ्रिलर सिनेमामा स्वर दिन पाउँदा खुशी लागेको बताईन् । आफुले गाएका अरु गीत भन्दा यो केही फरक भएको उनको कथन थियो ।
निर्देशक मर्ण जेम्सले पनि सिनेमामा कथाको मर्म बुझाउन पनि कथा गीत समावेश गरिएकको बताइन् ।
सिनेमालाई मर्ण जेम्स र यश सैनीले मिलेर निर्माण गरेका हुन् । सिनेमामा नेपाली र बलिउड प्राविधिकले काम गरेकाले दर्शकले केही फरक र नयाँपन महसुस गर्ने निर्माण टिमको दाबी छ । सिनेमाको निर्माता रिञ्जु केसी र प्रस्तुतकर्ता अरुण चक्रावर्ती हुन् ।