हाम्रा समाजवादी पुर्खा

मानव सभ्यताको विकासको ऐतिहासिक अध्ययनमा प्राचीन समाजमा अघोषित रूपमा समाजवादी व्यवहारमा रहेको पाइन्छ । दृष्टान्तका लागि तिब्बतको आदिवासीको जमिनमा सामूहिक स्वायत्त अधिकार थियो । उनीहरूले जमिनलाई सामूहिक उपभोग गर्ने गर्थे । दक्षिण अमेरिकाको पेरु, ब्राजिलको ओमेजन बेंसी, उत्तर अमेरिकाको मेसिसिटी घाँटीका आदिवासीले पनि जमिनमा सामूहिक स्वामित्व कायम गरेर बसेका थिए । भारतको सिख शासन क्षेत्रमा (पन्जाबमा) त १९औं शताब्दीसम्म जमिनमा गाउँको स्वामित्व रहेको थियो । उल्लेखित सामाजिक अभ्यास अघोषित समाजवादी व्यवहार हुन् । मानव जीवनमा विभेदरहित सामूहिक हितको अभ्यास हुनु नै वास्तविक समाजवाद हो ।

त्यसो त माव विकासको ऐतिहासिक रथ अगाडि बढ्दै जाँदा समाजका टाठाबाठाले राज्यको शक्ति आप्mनो हातमा लिए । समाजमा बठ्याई, धुत्र्याइँ एवं सैन्य शक्तिमा आधारित विजयबाट राजनीतिक भाषामा भन्ने गरिएको सामन्तवाद स्थापना हुँदै गयो । देशका राजा महाराजा वा मुख्य शासक प्रायः जसो निरञ्कुश नै हुने गर्थे परन्तु प्राचीन कालका गाउँ, बस्तीमा बसोबास गर्ने विभिन्न समुदायमा रैथाने समाजवादी अभ्यास थियो ।

कतिपय कालखण्डका शासक पनि जनहितमा काम गर्ने समाजवादी भएको इतिहासले पुष्टि गर्छ । हाम्रो देशको सन्दर्भमा भन्नुपर्दा गौतम बुद्घका पिता शुद्घोधन जनताबाट चुनिएका लोकहितमा काम गर्ने राजा थिए भन्ने इतिहासमा लेखिएको छ । राजा जनक, मानदेव, अशवर्मा, महेन्द्र मल्लजस्ता राजाले लोकहितमा कामगरी जनताको मन जितेका थिए ।

राज्यका केही राजा महाराजा मात्र नभएर हाम्रा पुर्खाले जीवन सहज बनाउने समाजवादी अभ्यास प्रचलनमा ल्याएका थिए । ंनेवार जातिको गुठी एक प्रकारको समाजवादी अभ्यास हो । यो एउटा सहयोग, सहकार्य र सहभोजगरी आपसी सद्भाव बढाउने र एकले अर्कोलाई आवश्यक सहयोग गर्ने सामुदायिक अभ्यास हो । थकालीको ढिकुरी पुरानो सहकारी तथा समाजवादी संस्कृति हो । पहरी समाजभित्रका लोकतान्त्रिक अभ्यास उदाहरणीय छन् ।

पहरी समुदायमा अघोषित महिला स्वतन्त्रता रहेको पाइन्छ । यो जातिमा महिला र पुरुषबीच कार्य विभाजनमा भेदभाव पाइँदैन । किराँतमा लोग्नेको घरमा बस्न नसक्ने छोरीलाई ससम्मान माइतमा पाल्ने व्यवस्था छ । मुसहर समुदायमा परम्परादेखि नै घरढुकी प्रणालीअन्तर्गत छोरीलाई श्रीमान् छान्ने स्वतन्त्रता दिइएको पाइन्छ । व्यवहारिक रूपमा यही होइन र समाजवाद ? त्यसैले हाम्रा पुर्खा समाजवादी थिए ।

यसैगरी, मुस्ताङ्का स्याङ्तानको ह्युल झोम्पा अर्थात् ग्रामीण सभा लोकतान्त्रिक अभ्यासको अर्को नमुना हो । ह्युल झोम्पामा गाउँभरिका सबै सदस्य हुन्थे । गाउँलेले ढुंगालाई मतपत्रका रूपमा प्रयोग गरेर आप्mनो मुखिया थ्युमी थ्योवालाई चुन्ने चलन थियो । निर्वाचित मुखियाले गाउँमा न्याय प्रदान गर्थे । मगर जातिको भेजा पनि लगभग त्यस्तै एउटा ग्रामीण संरचना हो, जसमा सबै घरधुरी सदस्य हुन्थे र गाउँ प्रमुखलाई निर्वाचित गर्थे ।

गाउँ प्रमुखले गाउँको रितिस्थिति बसाल्ने, झैंझगडा मिलाउने, सामाजिक न्याय दिने, लेनदेनका कुरा मिलाउने, खेतिपातीको समयमा अर्मपर्म, विधुवा विवाहको प्रबन्धलगायतका सुविधाको चाँजो पाँजो मिलाउने गरेको पाइन्छ । उल्लेखित दृष्टान्तले समाजवादी अभ्यासलाई पुष्टि गर्दैनन् र ?

पुर्खाहरूले आध्यात्मिक चिन्तनको फराकिलो एवं उदार भावनाको विकाससहित भगवानका कथा सुनाएर समाजलाई अनुशासित र नैतिक बनाएर राखे

वास्तवमा सहज जीवन जिउने कला र अभ्यास नै समाजवाद हो । हाम्रा पुर्खाहरू वैज्ञानिक चेतनाको स्तरमा कमसल थिए होला तर सामाजिक वा व्यावहारिक जीवन पद्धतिमा अब्बल रहेको पाइन्छ । फरक यत्ति हो कि समाजका लोकहितकारी अभ्यासलाई लोकतन्त्र भनिएको थिएन । समाजवाद भनेर दस्तावेजीकरण गरिएको थिएन । ’cause हाम्रा पुर्खा औपचारिक शिक्षाका विद्वान थिएनन् । उनीहरू विद्यालय जान पाएनन् । विश्वविद्यालयको नाम पनि सुन्न पाएनन् । औपचारिक शिक्षाको व्यवस्था नभएको त्योबेला पुर्खाहरूले अनौपरिक एवं अनिमित ज्ञान आर्जन गरेका थिए । उनीहरूको शिक्षाको स्रोत जीवन भोगाइ थियो । धर्मशास्त्रका सन्देश उपदेशका रूपमा ग्रहण गर्थे । त्यसैले समाजमा सहयोगको भावना र मानवतावादी अभ्यास थियो । जो समाजवादको आधार थियो ।

पुर्खाहरूले आत्ध्यात्मिक चिन्तनको फराकिलो एवं उदार भावनाको पनि विकास गरे । भगवान्का कथा सुनाएर समाजलाई अनुशासित बनाए । नैतिक शिक्षामा आधारित दन्तेकथाले छोराछोरीलाई चरित्रवान् बनाए । आध्यात्मिक भावनाको विकास गरी समाजलाई अनुशासित बनाउने काम गरे । पाहुनालाई अतिथि देवो भवः भनेर मानवताको पाठ सिकाए । बटुवालाई वास बस्न पाटी पौवा एवं धर्मशाला निर्माण गरी मानव सेवा गरे । पशु र चराचुरुंगीहरूको पानी पिउने व्यवस्थाका लागि ठाउँठाउँमा पोखरी खनी प्राणीकोे हित गरे । उकाली ओराली गर्दा आराम गर्ने चौतारी निर्माण गरे ।

विभिन्न देवीदेवताका मन्दिर बनाएर पूजाआराधना गर्ने संस्कार र संस्कृतिको विकास गरे । जन्म, विवाह र मृत्युलगायत सामाजिक संस्कार निर्माण गरे । विभिन्न जात, जाति र धर्म, एवं सम्प्रदायका मानिसले आआप्mनै किसिमका रीतिथिति बसाउन स्वतन्त्र थिए । जन्म, विवाह, मृत्युजस्ता कार्यमा जुट्ने र सहयोग गर्ने संस्कृति र व्यवहारको विकास गरे । यही होइन र समाजवाद ? त्यसैले व्यवहारवादी दृष्टिकोणबाट हेर्दा हाम्रा पुर्खा समाजवादी थिए ।

प्राचीन समयमा आजका जस्ता सुविधा थिएनन् । देशमा संविधान, अदालत एवं जेल थिएनन् । समाजलाई संविधानले होइन, धर्मिक चेतना र नैतिक बलले निर्देशित गथ्र्यो । मानवता, दया, धर्म, परोपकार, सहयोग, सहमति र सहकार्यमा प्राचीन जीवन सञ्चालित थियो । समाजमा समयसापेक्ष समाजवादी अभ्यास थिए । आपसी मेलमिलाप, साथ, सहयोगको भावनाले समुदाय प्रशिक्षित थिए ।

प्राचीन सामाजिक चलनअन्तर्गत गाउँको मुली बनाउने र मुलीले गाउँ टोलमा भैपरी आउने सामाजिक ससस्या समाधान गर्ने चलन थियो । गाउँगाउँमा दोषीलाई समाजले सजाय दिन्थ्यो । रामशाहले दिने न्यायको मोडेल अन्य ठाउँमा पनि थियो ’cause समाज धर्म र आदर्शबाट निर्देशित थियो । यसरी हेर्दा हाम्रा पुर्खाले अभ्यासमा ल्याएका व्यवहार वास्तवमै समाजवादी थिए ।

राजनीतिक दर्शन शास्त्रीय परिभाषाअन्तर्गत समाजवादको अर्थ समाजको आर्थिक विषमता हटाएर देशको सम्पूर्ण कुरामा जनताको अधिकार स्थापना गर्ने व्यवस्था हो भन्ने बुझिन्छ । यो राजनीतिक दर्शनको परिभाषा हो । समाजशास्त्रीय अवधारणामा सामाजिक हित र लोक कल्याणकारी व्यवहार भएको समाज नै समाजवादी व्यवस्था हो । राजनीति बढी अधिकारसँग सम्बन्धित हुन्छ भने सामाजिक व्यवहार मानवतावाद र कल्याणकारी अभ्याससँग नजिक हुन्छ ।

आजको चेतना र विकासलाई हाम्रा पुर्खाको जस्तो समाजवादी व्यवहार एवं चिन्तनसँग फ्युजन गरौं

मानवताबिनाको अधिकारले व्यक्ति वा समाजलाई सामूहिक हितमा काम गर्ने संस्कृतिलाई बढावा दिँदैन । मानवीय चेतना कमजोर भएपछि मानिस स्वार्थी हुन्छ । स्वार्थले सामूहिक हितभन्दा आप्mनो हितलाई प्रशय दिन्छ । आप्mनो वा समूहगत स्वार्थ सिद्धका लागि गरिने व्यवहार समाजवादी हुन सक्दैन । अहिले हाम्रो राजनीतिक दलको व्यवहार यस्तै स्वार्थोन्मुख रहेको देखिन्छ । समाज पनि उपभोगवादी छ । संघसस्था लोकतान्त्रिक हुन सकेका छैनन् । यसरी हेर्दा लोकतन्त्रका नाममा अधिकारलाई स्वार्थसिद्ध गर्ने औजारका रूपमा उपयोग गर्नाले समाजमा मानवीय मूल्य र मान्यता हराउँदै गएका छन् ।

अहिलेको २१औं शताब्दीलाई लोकतन्त्र र मानवअधिकारको युग पनि भन्ने गरेको पाइन्छ । विज्ञान, प्रविधि विकाससँगै अहिलेको समाज निकै सहज भएको छ । राजनीतिक रूपमा पनि समाज खुला छ । पढ्ने, लेख्ने, पेसा खोज्ने, रोज्ने र आर्थिक आयआर्जन गर्ने अधिकार व्यक्तिमा निहित छ । परन्तु, समाजमा सुख, शान्ति र अमनचयन हराउँदै गएको अनुभव व्याप्त छ । समाजमा आधुनिक जीवनशैलीका कारण धन कमाउने इच्छा वा लोभ झन् पछि झन् बढेको देखिन्छ । धनको मुख कालो भनेझंै मानिसले धनका अघि जस्तोसुकै कुकर्म पनि गर्न अगाडि सरेको देखिन्छ ।

राजनीति, प्रशासन, वाणिज्य, व्यापार, निर्माण कार्यलगायतका क्षेत्रमा धन आर्जन भ्रष्टाचार, कमिसन, कालोबजारी, ठगी हुने गरेको छ । समाजमा अध्यात्मिक चेतनाको ह्रास हुँदै गएको अवस्था छ । पैसाले सुविधा दिन सक्ला तर सुख, शान्ति, मानवीय मूल्य र मान्यता खरिद गर्न सकिँदैन । सुविधा र सुख फरक कुरा हुन् ।

अन्त्यमा आज भौतिक विकास, शिक्षा, ज्ञान, विज्ञान, सुविधा र सामाजिक चेतनाको आधारमा हामी हाम्रा पर्खाहरूभन्दा धेरै अगाडि छौं । अहिलेको चेतना र विकासलाई जनहितमा लगाउन सक्यांै भने हाम्रो समाज उन्नत बन्न सक्छ । यसर्थ आजको विकास र पुर्खाको जस्तो व्यवहार एवं चिन्तनलाई प्mयुजन गरौं । समाजवादी बन्न सक्छांै । लोकहितमा काम गर्न सक्छांै । समाज कल्याणकारी बन्न सक्छ । सामाजिक सद्भाव र भाइचारा झाँगिन्छ । त्यसैले अहिले प्राप्त सुविधामा हाम्रा पुर्खाको जस्तो समाजवादी व्यवहारलाई प्रयोगमा उतारौं । अनि भन्ने गरिएको समृद्ध नेपाल भौतिक विकासबाट र सुखी नेपाली पुर्खाको व्यवहार अनुसर गरी आर्जन गर्न सक्छौं । यसै गरांै ।

तपाइको प्रतिक्रिया
(Visited 279 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरपालिका २९ वडाको ६४ मत गायब !