अन्तर्राष्ट्रिय गायन तथा नृत्य ‘रियालिटी सो’ तयारी

काठमाडौं । इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय रियालिटी सो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ तयारी थालिएको छ । प्राथमिक छनोट प्रक्रियापछि फाउन्डेसनले विश्वका विभिन्न स्थानमा ‘अडिसन’ लिनेछ । जनवरी अन्त्यसम्म आवेदन अवधि तोकिएको छ ।

विश्वभरबाट ‘इन्ट्रा नेसनल एप’मार्फत १८ वर्षमाथिका नेपालीभाषी प्रतियोगीले आवेदन दिन सक्नेछन् । फाउन्डेसन अध्यक्ष डिल्ली अधिकारीले नेपाली संस्कृति जोगाउन एकजुट भएर लाग्नुपर्नेमा जोड दिँदै भाषा, संस्कृति र दुःखमा परेकालाई मद्दत गर्नुरहेको बताए ।

उनका अनुसार फाउन्डेसनको मुख्य उद्देश्य नेपाली मनोरञ्जन क्षेत्रमा ‘सांगीतिक क्रान्ति’ ल्याउनु हो । ‘मेरो भ्वाइस युनिभर्स’ निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अञ्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान रहनेछन् । त्यस्तै, ‘मेरो डान्स युनिभर्स’को निर्णायक मण्डलमा मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बिसी, केकी अधिकारी, प्रियंका कार्की र नरमन राई रहने जनाइएको छ ।

यसअघि धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ‘रियालिटी सो’ निर्देशन गरिसकेका एलिन श्रेष्ठ निर्देशन सोका निर्देशक छन् । उनले ‘नेपाल आइडल’, ‘बुगी—वुगी’, ‘नेपाल लोक स्टार’, ‘सारेगमपा लिल च्याम्पस’जस्ता ‘रियालिटी सो’ निर्देशन गरिसकेका छन् । फाउन्डेसनका अनुसार ‘मेरो भ्वाइस युनिभर्स’का विजेताले १ करोड पाउनेछन् ।

साथै, ‘फस्र्ट रनरअप’ले ३० लाख र ‘सेकेन्ड रनरअप’ले २० लाख पुरस्कार पाउने छन् । त्यस्तै, ‘मेरो डान्स युनिभर्स’ विजेताले १ करोड, फस्र्ट रनरअपले ३० लाख र सेकेन्ड रनरअपले २० लाख पुरस्कार पाउनेछन् । नेपालबाहेक, म्यानमार, थाइल्यान्ड, भुटान, भारत, अस्ट्रेलिया, अमेरिका, क्यानडालगायत युरोपेली देशबाट पनि नेपालीभाषीको बृहत् सहभागिताको अपेक्षा गरिएको छ ।

नेपालको विभिन्न शिविरमा रहेका भुटानी शरणार्थीको जीवनशैली उकास्न सक्रिय फाउन्डेसनले ज्येष्ठ नागरिक भत्ता, शिक्षा, खानेपानी र खेलकुदजस्ता क्षेत्रमा सहयोगी हात बढाउँदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 141 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धन चाहिँदैन भन्दै पोखरामा काँग्रेसको नाराबाजी