भारतीय प्रधानमन्त्री मोदीलाई मातृ शोक

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । प्रधानमन्त्री मोदीकी आमा हीराबेनको ९९ सय वर्षको उमेरमा आज विहान निधन भएको हो ।

मोदीले ट्वीट गर्दै आमाको निधनलाई सानदार शताब्दीको ईश्वरको चरणमा विराम भन्नु भएको छ । मोदीले सामाजिक संजाल ट्वीटरमा आमामा आफूले सधैं त्रिमुर्तिको महसुस गरेको बताउनु भएको छ ।

उहाँले आमालाई तपस्वी, निस्वार्थ कर्मयोगी र मूल्य मान्यताप्रति प्रतिवद्ध भएको उल्लेख गर्नुभएको छ । स्वास्थ्यमा समस्या आएपछि हीराबेनलाई गत बुधबार अहमदवादको युएन मेहता अस्पतालमा भर्ना गरिएको थियो । उहाँको अस्पतालमै निधन भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 92 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अपराध काण्डमा तानिँदै सांसदः कोही पक्राउ, कोही फरार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
नुवाकोटमा कतै गठबन्धन कतै एक्ला एक्लै