आज काठमाडौंमा मानवताका लागि नेपथ्यको लाइभ कन्सर्ट

काठमाडौं । मानवता प्रवद्र्धनका लागि आज शनिबार काठमाडौंको भृकुटीमण्डपमा ‘नेपथ्य लाइभ कन्सर्ट’ हुँदैछ । उक्त कन्सर्टको तयारी पूरा भएको आयोजक मानवसेवा आश्रमले जानकारी गराएको छ ।

काठमाडौंको रानीवनस्थित मानवसेवा आश्रममा हिजो आयोजित नेपथ्य व्याण्डका मुख्य गायक अमृत गुरुङ्सँगको चियापान तथा भेटघाट कार्यक्रममा आश्रमका अध्यक्ष रामजी अधिकारीले उक्त कुरा जानकारी गराएका थएि । अध्यक्ष अधिकारीले अन्य नौ शहरमा भव्यताका साथ सम्पन्न भएको उक्त कार्यक्रम आज शनिबार भृकुटीमण्डपमा अन्तिम कन्सर्टमा रुपमा मुलुकका विशिष्ट व्यक्तिसहित झण्डै ६ हजार दर्शकको उपस्थिति आयोजना हुने बताए ।

उनले सङ्गीतमार्फत मानवता प्रवद्र्धन गरी सडकआश्रित बेसहारा व्यक्तिहरुलाई सडकको चिसो छिँडी र सडकपेटीहरुमा बस्नुपर्ने अबस्थाको अन्त्यका लागि समाजमा सचेतना जगाउन एक महिने सङ्गीत अभियान चलाइएको पनि जानकारी दिए ।

उक्त समारोहमा नेपथ्य व्याण्डका प्रमुख गायक अमृत गुरुङले आश्रमले जे काम गरिरहेको छ, त्यो काम धेरै मान्छेले गर्न नसक्ने बताए । उनले यो काम कसैले गरिदिए हुन्थ्यो भनेर विगतदेखि नै आफूले सोचेको अन्तत आश्रमले गरेको थाहा पाएर खुसी लागेको बताए । उनले धन हुनेसँग भन्दा मन हुनेसँग मानवता रहेको उल्लेख गर्दै आश्रमको अभियानमा जे सकिन्छ सहयोग गर्न अनुरोध पनि गरे । काम गर्नेहरुलाई प्रश्न उठ्ने भएकाले कसैले प्रश्न गर्दैमा नहिच्किचाइकन अभियान अघि बढाउन आग्रह गरे ।

समारोहमा आश्रमका संरक्षक तथा समाजसेवी राधिका शाक्यले आश्रमको भवन निर्माणका लागि नागर्जुनमा जग्गा प्राप्त भएको तर त्यसका लागि गमन्त्रिपरिषदबाट निर्णय गराउनुपर्ने भन्ने आफूले सुनेकाले छिटोभन्दा छिटो भवन निर्माण सम्पन्न गरी काठमाडौँका सडकअािश्रत मानवहरुको व्यवस्थापन अति जरुरी रहेकाले सम्बद्ध निकायको ध्यानाकर्षण गराए ।

उनले रानीवनको भवनमा सुकुम्बासी राख्नुपर्नेमा आश्रम राखिएको भनेर केही आलोचनाहरु सुनेको स्मरण गर्दै भने, “ति सुकुम्बासीभन्दा पनि यहाँ बस्ने मानिस झन् सुकुम्बासी हो, जसको कोही छैन, जसको केही छैन, उनीहरु रहेका छन् ।” उनले स्वच्छ मनले काम गर्दा पनि कतिपय मानिस आआफ्नै स्वार्थमा लगेर अनावश्यक बखेडा निकाल्दै हिँड्नु नहुने बताए ।

कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव डा मानबहादुर विकेले आश्रमले विसं २०८२ सालसम्ममा सडकआश्रित मानवमुक्त देश बनाउने लक्ष्य लिएकाले त्यो लक्ष्य पुरा भयो भने नेपाल विश्वमै मानवीयताको पहिलो देश हुने बताए ।

उनले अहिले मानवताका लागि सङ्गीत भनेर जुन सङ्गीत यात्रा भइरहेको छ, यसले सङ्गीतमार्फत मानवता प्रवद्र्धनमा एउटा नयाँ सिद्धान्त निर्माण भएको प्रतिक्रिया दिए । आश्रमका प्रमुख संरक्षण डा गोविन्द टण्डनले परोपकारी नेपालीहरुको साथ र सहयोगले नै नमूना काम गर्न सकिन्छ, विदेशीको बाटो हेरिरहनुपर्दैन भन्ने उदाहरण आश्रमले प्रस्तुत गरेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
पोखराका १५ औं मेयर आचार्यको इतिवृतान्त यस्तो छ