गाईघाट–दिक्तेल सडक निर्माण कम्पनीको ठेक्का रद्द

उदयपुर । सडक निर्माणको जिम्मा लिएर वर्षैदेखि काम अलपत्र पार्ने निर्माण कम्पनीको ठेक्का सम्झौता रद्द गरिएको छ । सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट – दिक्तेल सडक खण्डमा पर्ने बिभिन्न प्याकेजमा सडक कालोपत्र गर्ने जिम्मा लिएको निर्माण कम्पनीले सडक कालोपत्रे गर्ने काम अलपत्र छाडेपछि ठेक्का सम्झौता रद्द गरिएको हो । खोटाङ तर्फ र उदयपुर तर्फ दुई प्याकेजमा कालोपत्रेको कामको ठेक्का बन्दोबस्ती गरिएको थियो । दुवै प्याकेजमा काम गर्ने निर्माण कम्पनीले कालोपत्रे गर्ने काम अलपत्र छाडेपछि दुवै प्याकेजमा काम गर्ने निर्माण कम्पनीको काम रद्द गरिएका हुन ।

निर्माण कम्पनीको लापरबाहीका कारण वर्षौंदेखि काम अलपत्र पारेको भन्दै खोटाङको फोक्सिङटार–सिम्पानी र उदयपुरको अँधेरीखोला–फोक्सिङटार खण्डको ठेक्का रद्द गरिएको हो । खोटाङको फोक्सिङटार–सिम्पानी (२६) किलोमिटर) कालोपत्रेको काम ठेक्का लिएको निर्माण कम्पनी देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीसँग ठेक्का तोडिएको गाईघाट–दिक्तेल सडक योजना कार्यालय उदयपुरका योजना प्रमुख गोपालप्रसाद खकुरेलले जानकारी दिए । सो कम्पनीले २९ महिना अघि कालोपत्रे निर्माणको काम सम्पन्न गर्नु पर्ने सम्झौता भएको थियो ।

सो निर्माण कम्पनीले करिब ५५ करोड ८७ लाख रुपैयाँको लागतमा २०७७ साउन १० गतेभित्र सक्ने गरी २०७३ साउन ११ गते सम्झौता गरे पनि काम अपूरै राखेकाले ठेक्का तोडिएको प्रमुख खकुरेलको भनाई रहेको छ ।

उदयपुरको अँधेरीखोला–फोक्सिङटार खण्डको ठेक्का पनि तोडिएको छ । मैनाचुली–शिद्धिसाइ प्रकाश जेभीले करिब ११ करोड १७ लाखको लागतमा २०७८ चैत २८ गते सक्ने गरी २०७५ भदौ १४ गते सम्झौता गरेको थियो । पटक पटक ताकेता गर्दा पनि बेवास्ता गरेकाले ठेक्का तोडिएको खकुरेलले बताए । गाईघाट–दिक्तेल सडक अन्तर्गतकै सिम्पानी–माहुरे (२३ किलामिटर) सडकको काम पनि ढिलासुस्ती छ । करिब ४६ करोड ८७ लाख रुपैयाँको लागतमा २०७७ असार २९ गते सक्ने गरी २०७३ असार २० गते सम्झौता भएको थियो । सो योजनाको आगामी असार मसान्तसम्ममा म्याद थपिएको छ । ठेकेदार कम्पनीको लापरबाहीका कारण वर्षौंदेखि काम अलपत्र छाडेपछि खोटाङको फोक्सिङटार–सिम्पानी र उदयपुरको अँधेरीखोला–फोक्सिङटार सडकखण्डको ठेक्का तोडिएको हो ।

कालोपत्रे गर्ने कामका जिम्मा लिएका ठेकेदार कम्पनीलाई पटक पटक ताकेता गर्दा पनि बेवास्ता गरेकाले ठेक्का तोडिएको खकुरेलले बताए । सडक कालोपत्रेको काममा चरम ढिलासुस्ती भएका र गरिएको काम पनि गुणस्तरहीन भएको र सडकमा कार्यरत कामदारले वर्षौंसम्म पनि पारिश्रमिक नपाएको विरोधमा स्थानीय बासिन्दाले २०७६ पुस २० गतेदेखि महिना दिन सडकको काम अबरोध पारेका थिए । सडक कालोपत्रेको काममा सहभागी स्थानीय कामदारले अझै पनि पारिश्रमिक तथा होटल र पसलको भुक्तानी पाउन बाँकी रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइँपाका वडाध्यक्ष दिनेश राईको भनाई रहेको छ ।

खोटाङको सदरमुकाम दिक्तेल बजारबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबै भन्दा छोटो मार्गको सडक कालोपत्रेको ठेक्का तोडिएपछि निर्माणाधीन सडक अलपत्र परेको छ । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५१ मा शिलान्यास गरेको दिक्तेल–गाईघाट सडक २८ वर्ष पुग्दा समेत निर्माण पुरा हुन सकेको छैनन् ।

दिक्तेल–गाईघाट एक सय ४२ किलोमिटर सडक मध्ये १ सय १ किलोमिटर सडक खण्ड कालोपत्रे गर्न २०७३ सालमा २ अर्ब ६८ करोड बजेट विनियोजन गरेका थिए । निर्माण कम्पनीले अलपत्र पारेको सडक कहिले, कसले कालोपत्रे सम्पन्न गर्ने भन्ने अन्यौलता सिर्जना भएको छ ।

गाईघाट – दिक्तेल सडक खण्डको फोक्सिङटारस्थित सुनकोसीमा निर्माणाधीन पक्की पुल केही दिन अघिबाट मात्र सञ्चालन भएकोछ । फोक्सिङटारमा निर्माणाधीन मोटरेबल पक्की पुल सञ्चालनमा आएसँगै जिल्लाको आर्थिक क्रियाकलापदेखि विकास निर्माणमा समेत सहजता हुने अपेक्षा गरिएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 409 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अन्तिम चुनावी अभियानमा ह्यारिस र ट्रम्प

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कञ्चनपुरको शुक्लाफांटामा प्रमुख एमाले उपप्रमुख काङ्ग्रेस निर्वाचित