आज साँझ ठमेलमा न्यु इयर इभ र सडक महोत्सव हुँदै

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२३ को अघिल्लोदिन शनिबार साँझ काठमाडौको मुख्य पर्यटकीय बजार ठमेलमा ‘न्यु इयर इभ’ र सडक महोत्सव हुने भएको छ ।

ठमेल पर्यटन विकास परिषद्को आयोजनामा शनिबार ( आज) साँझ ठमेलमा ‘न्यु इयर इभ’ र सडक महोत्सव हुन लागेको हो । लामो समय कोरोना विश्व महामारिले थला परेको मुलुकको पर्यटन क्षेत्रको प्रवद्र्धन तथा ठमेलको पर्यटकीय गतिविधीलाई चलायमान बनाउका लागि न्यु इयर इभ र ठमेल सडक महोत्सव आयोजना गर्न लागेको परिषदले जनाएको छ ।

शुक्रबार ठमेलमा आयोजित पत्रकार सम्मेलनमा ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले यस्तो जानकारि गराएका हुन । उनले कोरोना महामारिले थलिएको ठमेलको पर्यटन पुनरुत्थान गर्न अंग्रजी नयाँ वर्षको अवसर पारेर ठमेलको त्रिदेबीमार्गस्थित कर्मचारी सञ्चयकोष भवन अगाडिको मुख्य सडकमा ठमेल सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिए ।

‘ठमेलमा जाऔँ, ठमेलमै बसौँ, ठमेलमै घुमौँ, ठमेलमै रमाऔँ’ भन्ने मूल नाराकासाथ सडक महोत्सव तथा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको बताउँदै शर्माले भने, ‘ यो सडक महोत्सव निकै भव्य र व्यवस्थित हुने छ ।’ यसैगरि, उनले यस महोत्सवमा करिब एकलाख व्यक्तिको सहभागिता रहने अपेक्षा गरिएको बताए । उनले यो सडक महोत्सवमार्फत ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न समेत माग गरिने बताए ।

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेल सडक महोत्सव ठमेलभित्रका व्यवसायीलाई आफ्ना बस्तु तथा सेवाको प्रवद्र्धन गर्न निकै सहयोगी र उपलब्धीमुलक हुने अपेक्षा गरिएको बताए ।

परिषदका महासचिव राजिव पाण्डेले ठमेल सडक महोत्सवलाई भब्य रुपले सम्पन्न गर्न नेपाल प्रहरीसँग सुरक्षा व्यवस्थापन र ट्राफिक प्रहरीसँग ट्राफिक व्यवस्थापको ’boutमा छलफल भइसकेको बताए । उनले उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा हुने यस कार्यक्रम शनिबार साँझ साढे बजे सुरुभई सांस्कृतिक कार्यक्रम रातको साढे १२ बजेसम्म चल्ने जानकारि दिए ।

उनले विगतका वर्षहरुमा झैं यसपाली पनि अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी आयोजना गरिएको ठमेल सडक महोत्सव सम्पन्न गर्न करिब २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए ।

यस्तो महोत्सव, उत्सव विभिन्न पर्यटन प्रवद्र्धनात्मक गतिविधीसंगसंगै परिषदले पछिल्लो समय ठमेल क्षेत्रमा विभिन्न इन्टरनेट कम्पनीको सहकार्यमा अव्यवस्थित तारसमेत व्यवस्थापन गरिसकेको छ । यस सडक महोत्सवले व्यवस्थित ठमेल निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको परिषदले जनाएको छ ।

परिषदका अनुसार महोत्सवको दिन यहाँका रेस्टुरेन्टहरुले आफ्ना भित्रका खानाका परिकारहरु सडकमा राखेर महोत्सव हेर्न आउने अबलोकनकर्ताहरुलाई राम्रो सेवा दिने छन भने अन्य कम्पनीहरुले पनि आ आफ्ना स्टल एवं सडकबाटै आफ्ना विभिन्न पर्यटकीय सेवाका’boutमा जानकारी गराउने छन ।

तपाइको प्रतिक्रिया
(Visited 95 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
पूर्व पत्रकार बाजुराको नगरप्रमुख र उपप्रमुख निर्वाचित