इँटा भट्टामा रोकिएन बालश्रम

रौतहट । सर्लाही ईश्वरपुर नगरपालिका बयलबास निवासी रिक्की माझी अहिले १० बर्षका भए । उनी रौतहटको एक इँटा उद्योगममा गत असोजदेखि नियमित रुपमा काम गदै आइरहेका छन । आमा र बुबाको साथमा आएका ति बालक माझी बिद्यालय जाने समयमा इँटा उद्योगमा काम गरिरहेका हुन्छन । उनले आमा सरह काम गरिरहेको देखिन्छ । खान र बस्नको अभाबमा ति बालक इँटा उधोगमा काम गर्न बाध्य छन । एउटा इटा बनाएको एक रुपैया दिने र उनले दैनिक २ सय भन्दा बढी इँटा बनाउने गरेको उनकी आमा रैला देबी माझीले जानकारी दिइन । जाडो होस या गर्मी यी बालक सधै यसरी नै काम गरिरहन्छन ।

माझी त एउटा उदाहरण मात्रै हुन । यस्ता श्रम गर्ने बालकहरु रौतहटका हरेक इँटा उद्योगमा छन । बाल श्रम रोकथाम सम्बन्धी काम गदै आएको छोरी संस्थाकी रौतहट कार्यक्रम संयोजक कोपिला तिमलसिनाले रौतहटको चन्द्रपुर नगर क्षेत्रमा रहेको ७ वटा इँटा उद्योगमा बाल श्रम भइरहेको जानकारी दिएकी छिन ।

हरेक इँटा उद्योगमा १५ देखि २० जनासम्म बाल श्रमिक रहेको कार्यक्रम संयोजक तिमलसिनाले जानकारी दिएकी छिन । ति बालबालिकालाई बिद्यालय पठाउन इँटा उद्योगीहरुले खास्सै चासो नदिएको समेत तिमलसिनाले बताइन । आमाबाबु संग आएका ति बालबालिका आमाबाबु संगै काम गर्दछन ।

रौतहटका करिब १ सय ६२ उद्योग मध्ये केही संचालनमा आउन थालेका छन । संचालनमा आएका हरेक भट्टामा २० देखि २५ जना बालबालिका काम गरिरहेका छन् । हरेक इँटा उधोगमा ८ बर्ष देखी १५ बर्ष उमेरका बालबालिकाहरु कार्यरत भएको पाइएको छ । इँटा भट्टामा बालबालिकाले माटो मुछ्ने, इँटा बनाउने, ओसारर्ने लगायत काम गर्दै आएका छन् ।

आउदो माघ महिला देखी रौतहटका इँटा भट्टामा कार्यरत बालबालिकाहरुलाई बिद्यालय पठाउने ब्यबस्था गर्ने रौतहट इँटा उद्योग ब्यबसायी संघका अध्यक्ष बिनोद साहले जानकारी दिएका छन । बिद्यालय जाने उमेरका बालिकालिकाहरुलाई माघ देखी बिद्यालय पठाउने उनले जानकारी दिए ।

रौतहटमा बालबालिकाको हक, अधिकार र बाल श्रम न्युनिकरण रोक्न सेतो गुरास, आरडिसी र छोरी संस्था सक्रिय छन । बिद्यालय जाने उमेरका बालबालिकाहरुलार्र्ई बिद्यालय पठाउने अभियानमा काम गरिरहेको सेतो गुरास रौतहटकी कार्यकारी निर्देशक झल कुमारी कार्कीले जानकारी दिएकी छिन । अभिभाबकहरुलाई जागरुक बनाउने र बिद्यालय जाने उमेरका बालिबालिकाहरुलाई बिद्यालय पठाउने हो भने बाल श्रम रोकिने कार्कीको धारणा छ ।

बाल श्रम रोक्न धेरै चुनौती रहेको बताउदै कार्यकारी निर्देशक कार्कीले जब सम्म सम्बन्धीत सरोकारवालाहरु तथा अभिभाबकहरुलाई सचेत गराउन सकिदैन तब सम्म यो रोग रहिरहने उनले बताइन । बाल श्रम प्रयोग हुनेमा इँटाभट्टा अग्रस्थानमै पर्छ। होटल,सडक आदी स्थानमा पनि ब्यापक रुपमा बाल श्रम भइरहेको छ । बाल श्रम गुरुयोजनामा २०७९ सम्म अतिसंवेदनशील क्षेत्रमा रहेको बाल श्रम अन्त्य गर्ने र २०८२ भित्र सबै प्रकारको बाल श्रम अन्त्य गर्ने गरी राष्ट्रिय गुरु योजना जारी गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 86 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सत्ता गठबन्धन फुटको सँघारमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
वीरगन्जमा मेयरका लागि १२ जनाको उम्मेद्वारी दर्ता