एमाले- माओवादी फेरी मिलन सम्भव छ !

काठमाडाैं । सररकार निर्माण प्रक्रियामा छुटेका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराउनका लागि सत्तारूढ दुई कम्युनिस्ट पार्टीले पहल थालेका छन् । सत्ता सहकार्यका साथै उनीहरूले वाम एकीकरणका लागिसमेत महत्व दिँदै आन्तरिक छलफल तीव्र बनाएका हुन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेताहरूले एकीकृत समाजवादीलाई समेत सरकारमा सहकार्य तथा वाम एकीकरणका लागि छलफल थालेका छन् ।

एमालेसहित केही साना दलको समर्थनमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालस“गको छलफल बाक्लिँदै गएको देखिन्छ । पछिल्लो समय तीनै पार्टीका शीर्षनेताबीच सघन छलफल जारी छ । प्रधानमन्त्री एवं माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच दिनहुँ छलफल भइरहेको छ । शुक्रबार प्रचण्ड र ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ ।

प्रचण्ड सचिवालयका अनुासर पछिल्लो राजनीतिक अवस्था, सरकार विस्तार, सरकारको नीति तथा कार्यक्रमसहित तीन कम्युनिस्ट पार्टीलाई एकै ठाउँमा आउने’bout छलफल भएको हो । ‘सरकार निर्माण प्रक्रियामा छुटेका एकीकृत समाजवादी अध्यक्ष माधव नेपाललाई समेत सरकारमा सहभागी गराउने विषयमा छलफल भएको छ । एमाले र माओवादी केन्द्र जसरी एक ठाउँमा उभिएका छन्, त्यसैगरी एकीकृत समाजवादीलाई समेत एउटै मोर्चामा ल्याएर वाम एकीकरणलाई अगाडि बढाउन सकिन्छ कि भन्ने’bout शीर्षनेताहरू गम्भीर रूपमा छलफल थालेका छन्,’ प्रचण्डको सचिवालयले भन्यो ।

एमाले र माओवादीको सहकार्य प्रारम्भ भएसँगै माओवादी केन्द्रका महासचिव देव गुरुङ नेपालमा एउटै कम्युनिस्ट पार्टी बनाउने अभियानमा आफू लागेको बताउ“छन् । वाम एकताको पक्षधर महासचिव गुरुङ यसअघिसमेत कम्युनिस्ट पार्टीबीच एकीकरण हुनुपर्नेमा अडान लि“दै आएका छन् । कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको दलको समर्थनमा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेसँगै वाम एकीकरणको चर्चासमेत सुरु भएको हो । वाम एकीकरणको चर्चा भइरहेकै बेला महासचिव गुरुङको यस्तो धारणा आउनु र तीन कम्युनिस्ट पार्टीका नेताबीच सघन छलफल हुनुले भोलीका दिन त्यो सम्भव रहेको देखिन्छ । ‘सबै कम्युनिस्ट घटकबीच सहमति र सहकार्य आवश्यक रहेकाले देशमा एउटै कम्युनिस्ट पार्टी बनाउने अभियानमा हामी लागेका छौं ।

कम्युनिस्टको एकताबिना प्राप्त राजनीतिक उपलब्धि रक्षा नहुने भएकाले संसद्भित्र र बाहिर रहेका कम्युनिस्टबीच आपसी संवाद र छलफलबाट एउटै कम्युनिस्ट पार्टी बनाउनुपर्नेमा हुन्छ,’ महासचिव गुरुङ भन्छन् । पछिल्लो समय एमाले अध्यक्ष ओली र प्रचण्डबीच दिनदिनै छलफल भइरहेकै बेला अब ओली, प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच समेत छलफल हुने सूचना सार्वजनिक भइरहेको छ । तर एमालेका एक नेताका अनुसार तीन नेताबीच छलफल गराउने प्रयास भए पनि अहिले छलफल अघि तय हुनुपर्ने एजेण्डा’bout तय भइसकेको छैन । ‘कमरेड ओली र प्रचण्डबीच सरकार निर्माणपछि सहज रूपमा छलफल भइरहेको छ । कमरेड ओली र नेपालबीच छलफल गराउने प्रयास भएको सत्य हो ।

तर दुई नेताबीच भेट हुँदा के विषयमा छलफल गर्ने भन्ने एजेण्डा नै तय हुन नसक्दा ढिलाई भएको छ,’ एमालेका ती नेताले भने, ‘अहिले राजनीतिक तरलताबीच रहेका ठोस परिस्थितिको निर्माण भइसकेको छैन । ठोस परिस्थिति निर्माणस“गै ठोस निर्णय पनि आउँछ । त्यही भएर बजारमा विभिन्न हल्ला पनि चलेको छ ।’ एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल एमाले र माओवादी केन्द्र मिलेर सरकार निर्माण गरेपछि वाम ध्रुवीकरणको जग तयार भएको बताउँछन् । सरकार निर्माणस“गै वाम तालमेल र एकतासम्म लैजाने आधार पनि विस्तार तयार हुँदै जाने उनले बताए । ‘एमाले र माओवादी केन्द्र मिलेर सरकार गठन गरेपछि वाम धु्रवीकरण जग तयार भएको छ । सरकार निर्माणस“गै वाम तालमेल र एकतासम्म लैजाने आधार विस्तार हु“दै जाला’ रिजाल भन्छन्, ‘सरकार निर्माण प्रक्रियामा छुटेको एकीकृत समाजवादीलाई पनि ल्याएर अगाडी बढ्ने’bout नेताबीच छलफल जारी छ ।

छिट्टै ठोस निर्णय हुने सम्भावना पनि छ ।’ उता, एकीकृत समाजवादीको आज शनिबार स्थायी कमिटी बैठक बस्दै छ । स्थायी कमिटी बैठक बस्नुअघि पार्टी अध्यक्ष नेपालले ‘भर्चुअल माध्यम’बाट जिल्ला, प्रदेश, भ्रातृ संगठनका पदाधिकारीलगायतकास“ग छलफल गरेका छन् । छलफलमा सहभागी एक नेताका अनुसार प्राप्त सुझावका आधारमा एकीकृत समाजवादी पनि सरकारमा जाने संकेत अध्यक्ष नेपालले गरेका छन् । नेता नेपालले प्रचण्ड नेतृत्वको सरकार बनेपछि विकसित घटनाक्रम’bout जानकारी दि“दै सरकारमा गएर जनतासँग जोडिने मन्त्रालय लिएमा पार्टी निर्माणमा सहयोग पुग्ने सुझाव अध्यक्ष नेपाललाई दिइएको ती नेताले बताए । प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने संकेत नेपालले गरे पनि पार्टी एकीकरणसम्म नै नपुग्ने बताए । यद्यपि, सरकारमा सहभागी भइसकेपछि एकीकरणको आधार तय हु“दै जाने देखिन्छ । तर, प्रधानमन्त्री प्रचण्डसहित एमाले र माओवादी नेताले सरकारमा सहभागी हुन गरेको प्रस्तावमाथि पार्टीमा छलफल गर्नुपर्ने नेपालले बताएका छन् । ओली, प्रचण्ड, वामदेव गौतमदेखि भीम रावल, घनश्याम भुसालसँग पनि ‘कसरी अगाडि बढ्ने

कम्युनिस्ट पार्टीका शीर्ष नेताबीच भइरहेको छलफललाई हेर्ने हो भने पहिले गठबन्धन र त्यसपछि पार्टी एकीकरणमा जाने रूपमा समेत विश्लेषण भइरहेको छ । पछिल्लो निर्वाचनले कम्युनिस्ट पार्टीको जनाधार भए पनि विभाजनका कारण शक्ति कमजोर भएकाले उनीहरू आफैं एकीकरणका लागि भित्रि रूपमा तयार रहेका छन् । तीनै नेता ओली, नेपाल र प्रचण्ड पछिल्लो मतपरिणा विश्लेषण गर्दै ‘मिल्नुको विकल्प नभएको’ निष्कर्षमा पुगेका छन् । २ भदौ २०७८ मा एमालेबाट अलग भएपछि कांग्रेस नेतृत्वको गठबन्धनमा रहेर सरकारमा सहभागी भएको र तीन तहकै निर्वाचनमा भाग लिएको एकीकृत समाजवादीका नेताले थरीथरीका सुझाव दिइरहेका छन् । गत बुधबार प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ दुवैसँग नेपालले छलफल गरेका थिए । हात्तीवनस्थित एक निजी घरमा प्रचण्डसँग नेपालको कुराकानी भएको थियो ।

एकै ठाउँमा रहने सहमतिविपरित प्रचण्ड एक्लै हिँडेको गुनासो नेपालले गरेपछि प्रचण्डले परिस्थिति नै त्यस्तै भएको जवाफ फर्काएको छलफलमा सहभागी एक नेताले बताए । तर, प्रचण्डले सहकार्य प्रस्ताव गर्दै गर्दा नेपालले पार्टीको बैठकबाट निर्णय गरेर सोहीअनुसार अगाडि बढ्ने जवाफ दिए । नेपाल र प्रचण्डबीच भेटघाट हुनुअघि श्रेष्ठले नेपालका निवास कोटेश्वर पुगेर भेटेका थिए । पछिल्लो समय एमाले नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ महेश बस्नेतलगायत नेताले छुटाछुटै नेपाललाई भेटेर सरकारमा सहभागिताका लागि प्रस्ताव गरिसकेका छन् । एमाले नेताहरू नेपालस“ग भेटेरै सरकारमा सहभागिताका साथै पार्टी एकीकरणकै प्रस्ताव गरेका छन् । तर अहिलेकै अवस्थामा पार्टी एकीकरणको पक्षमा एकीकृत समाजवादीका नेताहरू छैनन् । यद्यपि, पार्टी बैठकमा बस्न लागेकाले आएको सुझावका आधारमा अगाडि बढ्ने नेपालले जवाफ दि“दै आएका छन् । गत निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने दाबी गरेको थियो । माओवादी र एकीकृत समाजवादीले भने एमालेलाई कमजोर बनाएर सम्मानजनक सिट ल्याउने उद्देश्य लिएको थियो । तर, कांग्रेस सबैभन्दा ठूलो दल हुँदा २०७४ मा जितेको भन्दा एमालेले ४३ र माओवादी केन्द्रले २१ सिट गुमायो । २४ प्रतिनिधिसभा सदस्य लिएर एमालेबाट विभाजन भएको एकीकृत समाजवादीले गठबन्धन गर्दा पनि प्रत्यक्षतर्फ १० सिट मात्रै जित्यो । समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन नसक्दा एकीकृत समाजवादी झनै कमजोर भएको विश्लेषण भईरहेको छ । ५२ प्रदेशसभा सदस्य लिएर फुटेको एकीकृत समाजवादी सातै प्रदेश गरी यसपटक २४ जनामा खुम्चिएको छ ।

स्थानीय चुनावमा पनि भएकै सिट जोगाउन नसकेको एकीकृत समाजवादी १४ सय जनप्रतिनिधिबाट ९ सय ८६ जनामा झरेको छ । अझ सहकार्य मात्रै नभएर एकताकै छलफल गरिरहेको माओवादी केन्द्रले एमालेसँग मिलेर सरकार बनाएपछि एकीकृत समाजवादी ठूलो संकटमा परेको छ । यस्तो बेला एमाले नेताहरूले भने सत्ता सहकार्य र त्यसपछि पार्टी एकताको गृहकार्य गरिरहेका छन् । एकीकृत समाजवादीस“गको एकीकरणले एमाले ठुलो दल बन्नुका साथै एकीकृत समाजवादीलाई समेत सत्तामा फाईदा हुने नेताहरू बताउ“छन् । एकीकृत समाजवादीले जितेको १० सिट जोड्दा प्रतिनिधिसभामा एमालेको ८८ सिट हुन्छ । यो भनेको कांग्रेसले जितेको भन्दा एक सिट मात्रै कम हो । त्यसमा मोरङ–५ मा स्वतन्त्र जितेका योगेन्द्र मण्डल तान्दा कांग्रेससँग बराबरीको पार्टी हुनेछ । अझ स्वतन्त्र सांसद किरण साहलाई समेत मन्त्री पद दिएर एमाले भित्रयाउँने प्रयास एमालेका नेताहरूले गरेका छन् ।

एमालेको टिकट परित्याग गरी स्वतन्त्र विजयी सांसद प्रभु साहलाई समेत एमालेमा ल्याउने प्रयास एमालेले गरेको छ । तर, साहले बिहीबार मात्रै आम जनता पार्टी घोषणा गरेका छन् । साह एमाले वा माओवादीमा प्रवेश गर्नुभन्दा पनि सबै कम्युनिस्ट पार्टीका बीचमा एकीकरणको पक्षमा उभिदै आएका छन् । एकीकृत समाजवादीस“गको एकीकरण केही स्वतन्त्र सांसद आएमा एमाले संसद्को पहिलो ठुलो दल हुनेछ । त्यस्तै, एकीकृत समाजवादीका २४ सांसद एमालेमै आएपछि प्रदेशतर्फसमेत एमाले बलियो हुन्छ । एकीकृत समाजवादीमा पनि एमालेस“ग एकीकरण गर्नुपर्ने आवाज उठ्दै आएको छ । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, नेता मुकुन्द न्यौपानेलगायत नेताले सार्वजनिक रूपमै एमालेसँगै मिल्नुपर्ने पक्षमा अभिव्यक्ति दि“दै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 351 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको लक्ष्मीनियामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी