चिनिया कार्यबाहक राजदुतले भने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ इन्जिनियरिङको उच्चतम नमुना


काठमाडौं । नेपालका लागि चिनियाँ कार्यबाहक राजदूत वाङ सिनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ मापदण्डअनुसार डिजाइन र निर्माण गरिएको बताएका छन् । 

पोखरामा आइतबार विमानस्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखरावासीको ५० वर्षदेखिको सपना रहेको पनि बताए । 

चिनिया डिजाइनमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले चिनियाँ इन्जिनियरिङको उच्च गुणस्तर झल्काएको उनको भनाइ छ । 

पोखरा विमानस्थल नेपालको राष्ट्रिय गौरवको प्रतीक पनि रहेको भन्दै उनले भने, ‘ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखरावासीको ५० वर्षदेखिको  सपना हो । यो विमानस्थल चिनियाँ मापदण्ड अनुसार डिजाइन र निर्माण गरिएको छ, जसले चिनियाँ इन्जिनियरिङको उच्च गुणस्तर झल्काउँछ र नेपालको राष्ट्रिय गौरवको प्रतीक पनि हो ।’ 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चीन र नेपालका नेताहरूले उच्च मान्यतामा राखेको बताएका उनले  नयाँ विमानस्थल साझा विकास र समृद्धि हासिल गर्न मिलेर काम गर्ने शैलीको जीवन्त अभ्यास र सशक्त साक्षी बन्ने विश्वास व्यक्त गरे । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा उपस्थित हुन पाउँदा गौरवान्वित भएको बताएका कार्यबाहक राजदूत सिनले  परियोजनामा सहयोगको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल सरकारलाई विशेष धन्यवाद तथा उत्कृष्ट योगदानका लागि चिनियाँ र नेपाली इन्जिनियरहरू र प्राविधिककर्मीहरूलाई पनि  धन्यवाद  दिए । 

तपाइको प्रतिक्रिया
(Visited 83 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
कञ्चनपुरको बेल्डाडी गाउँपालिकामा काङ्ग्रेस विजयी