पोष्टरदेखि नै छड्के र छक्का पञ्जा ४ को प्रतिस्पर्धा

काठमाडौं । अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘छड्के २’ र दीपकराज गिरी, दीपाश्री निरौलाको महत्वकाँक्षी चलचित्र –छक्का पञ्जा–४’ एकै दिन रिलिज हुँदैछ । यी दुबै चलचित्र आगामी १९ फागुनबाट छन् । त्यो साता चार वटा विदा भएकाले यी दुई ठुला बजेटका फिल्म आपसमा भिड्न लागेका हुन् ।

१९ फागुनमै रिलिज गर्ने भन्दै फस्ट लुक्सको नाममा छड्के २ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । छक्का पञ्जा ४ ले पोष्टर सार्वजनिक गरे लगत्तै छड्के २ को पनि यो पोष्टर सार्वजनिक गरिएको छ । फिल्ममात्र हैन, यी दुई फिल्मले पोष्टर रिलिजबाटै प्रतिस्पर्धा सुरु गरेका छन् ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएकको चलचित्र छड्के २ मा सिनेमामा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगर मुख्य भूमिकामा छन् । यो सिनेमाको चितवन र मुस्ताङमा छायांकन गरिएको छ ।

ग्याङस्टर जनरामा निर्माण छड्के २ को यो नयाँ पोस्टरमा अनमोलको भिन्न भाव देखाईएको छ । अनमोलसँगै पोस्टरमा सिनेमाका अन्य कलाकारहरुपनि समेटिएका छन् । जसमा अनमोललाई आफ्नो समुहको नाइकेको रुपमा प्रस्तुत गरिएको छ । यो फिल्मको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका छन भने कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहमतीमा राष्ट्रपति छान्ने माओवादी निष्कर्ष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
गुमानसिंह अर्याल : जनपक्षिय उम्मेदवारदेखि मेयरसम्म