प्रधानमन्त्री र निर्वाचन आयोग पदाधिकारीबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र निर्वाचन आयोगका पदाधिकारीहरूबीच छलफल भएको छ । 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार पुगेका निर्वाचन आयोगका पदाधिकारीसँग प्रधानमन्त्री प्रचण्डले गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाा सदस्य निर्वाचनको समीक्षा गर्दै राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि गरिने निर्वाचनको विषयमा छलफल भएको छ । 

सरकारको समर्थनमा आयोगले राष्ट्रपति निर्वाचनको मिति तोक्ने संवैधानिक व्यवस्था रहेको छ । सोही विषयमा छलफल गर्न आयोगका पदाधिकारी बालुवाटार पुगेका हुन् । 

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित आयुक्तहरू बालुवाटार पुगेर छलफल गरेका हुन् । छलफलमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि सहभागी छन् ।
 

तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी कारागार चलान

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
मजदुरका कुरा : दिनभर गिटी नकुटे भात पाक्दैन, उम्मेदवारका कुरा सुन्ने फुर्सद कहाँ पाउनु ?