सांगीतिक दुनियाँमा पुर्णिमाको उदय

फुल भनौं जिन्दगीलाई
फुल्नै नपाई झरी सक्यो…..

यस्तै कर्णप्रिय गीत गाएर चर्चा कमाएकी गायिका पुर्णिमा लामा सांगितिक कार्यक्रममा व्यस्त छिन् । बाल्यकालदेखि नै गीतसंगित क्षेत्रमा चर्चा बटुल्न सफल पुर्णिमाले आफ्नो रुचीको विषयलाई अगालेका कारण पछि कहिल्यै पछाडी फर्कनु परेन । उनी सानो छदा गाउँ घरमा आयोजना हुने मेला÷महोत्सव तथा विद्यालयहरुका सांस्कृतिक कार्यक्रमहरुमा कला प्रस्तुत गर्दथिइन् ।

सानैमा सहभागी भएका प्रायजसो कार्यक्रमबाट प्रसंसा पाउँदा उनमा खुसीको सिमा हुँदैन थियो । ‘सानैमा विशिष्ट व्यक्तित्वहरुको हातबाट सम्मानित भएर हातभरी सम्मान बोकेर घर फर्कदाको खुसी आज पनि मानसपटलमा ताजै छ । परिवारले पनि मलाई सधै साथ दियो। जसका कारण आज मैले आफ्नो जीवन गीत संगितमा पाएको छु ’ उनी भन्छिन् । उनको कलालाई प्रोत्साहन गर्दै घरपरिवार र आफन्तहरुले पनि हौसला दिएका कारण उनलाई गायन क्षेत्रमा लाग्न सहज भयो । ‘घर परिवारको साथ र सहयोगका कारण नै आज संगितको दुनियामा आफूलाई चिनाउन सफल भएको छु जस्तो लाग्छ ।’ लामाले भनिन् ।

झन्डै डेढ दशकदेखि गीत संगितको क्षेत्रमा चर्चा बटुल्न सफल भएकी गायिका लामाले नेपाली आधुनिक गीत संगितको क्षेत्रमा थप योगदान गर्ने योजनामा छिन् । लामाले हालसम्म कबिर ६ सयको हाराहारीमा गीत गाएको बताउँछिन् । उनी कालजयी गीत गाउन चाहान्छिन् । जसले नेपाली मौलिकतालाई दर्शाओस् ।

के भनौं जिन्दगी…, डाँडा पारी मेरो माया…., मुटु जली खरानी भो….., कस्ले बुझ्ने …लगायत आधा दर्जन गीतहरु निकै नै रुचाइएका छन् । सामाजीक संजालमा उनका गीतहरुले करोड भ्युज बटुल्न सफल भएको छ । उनले नेपाली गीत संगीतको प्रवद्र्धनमा योगदान पु¥याएको सजर्कहरु बताउँछन् ।

हुन त उनले सांगितिक क्षेत्रमा प्रवेश गरेदेखि पछाडी फर्कनु परेको छ्रैन् । एक पछि अर्काे सफलता हात पार्दै आएकी लामा व्यस्त गायिका पनि हुन् । उनले नेपाली सांगितिक क्षेत्रमा पु¥याएको योगदानलाई कदर गर्दै प्रतिष्ठित संघ÷संस्थाहरुले सम्मान समेत गरेका छन् । उनले स्वदेश तथा विदेशमा हुने सांगितिक कार्यक्रमहरुमा समेत आफ्नो प्रस्तुती दिदै आएकछिन् । उनले हङकङ,कोरिया, सिंगापुर, मलेसिया,दुबाई, कतारमा भएका सांगितिक कार्यक्रममा प्रस्तुती दिएकी छिन् । जहाँ उनको प्रस्तुतीलाई निकै रुचाइएको थियो । संगीत आत्माको भाषा भएकाले कुनै सिमानाले संगितलाई रोक्न नसक्ने उनको बुझाइ छ ।

उनी संगीत विना आफ्नो जीवनको कल्पनासमेत गर्न सक्दिन् । ‘मेकअफ,ब्रेकअफ, पार्टी, ह्याङ आउट, चाडबाड यी सबै समय संगीत विना फिका हुन्छन् । त्यसैले संगीत हाम्रो जीवनको हरक पक्षमा छ । संगीत औषधी पनि हो जस्तो लाग्छ । संगीत थेरापी समेत हुन थालेका छन् ।’ गायिका भएकोमा गर्व गर्दै उनी संगीतको प्रशंसा गरेर थाक्दिनन् ।

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बिपक्षी दलबाट राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार टुंगो लागेन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
मादी गाउँपालिकामा कांग्रेसका देवीजंग निर्वाचित