आम जनता पार्टीद्वारा मधेश प्रदेशमा जिम्मेवारी बाँडफाँड

काठमाडौं । आम जनता पार्टी (आजपा) ले मधेस प्रदेशको आठ वटै जिल्लामा संयोजक, सचिव तथा इन्चार्जको जिम्मेवारी बाँडफाँड गरेको छ । आजपा अध्यक्ष प्रभु साहले आठ वटै जिल्लामा संयोजक, सचिव, इन्चार्जको जिम्मेवारी तोक्दै संगठन विस्तारका कामलाई तिब्रता दिन निर्देशन दिएका छन् । संयोजक, सचिव तथा इन्चार्जको जिम्मेवारी पाएका नेताहरुलाई अध्यक्ष साहले अब क्षेत्र, पालिका तथा वडा स्तरका कमिटीलाई गठन गर्न निर्देशन समेत दिएका छन् ।

पर्सामा कदम रसुललाई संयोजक, विश्वराज पटेललाई सचिव र बाबुराम कौशिकलाई इन्चार्जको जिम्मेवारी तोकिएको आजपाका प्रवक्ता चन्द्रभुषण साहले बताए । प्रवक्ता साहका अनुसार बारामा उमेश कुशवाहा संयोजक, राजकिशोर साह सचिव र अशोक लामा इन्चार्ज रहेका छन् ।

रौतहटमा धर्मेन्द्र पटेल संयोजक रहेका छन् । पटेल जसपा रौतहटका अध्यक्ष थिए । उनी जसपा परित्याग गरेर आजपा रोजेका हुन् । यस्तै रौतहटमा सचिवमा पलट चौधरी र इन्चार्जमा त्रिभुवन साह अमरले जिम्मेवारी पाएका छन् । सर्लाहीमा तुल्सीप्रसाद हुमागाई संयोजक, नविन साह सचिव र रिता देबी इन्चार्जको जिम्मेवारी पाएका छन् । रिता नेकपा एमालेका केन्द्रीय सदस्य पदबाट राजिनामा गरेर आजपा रोजेकी मधेसको शसक्त महिला नेतृ हुन् ।

महोत्तरीमा बिजय साह संयोजक, प्रमोद महतो सचिव र राधेश्याम साह इन्चार्ज, धनुषामा श्रीलाल महासेठ संयोजक, बलदेव साह सचिव र श्रीलाल महासेठ इन्चार्जको जिम्मेवारी पाएका छन् । यसैगरी सिराहामा उदय साह संयोजक, धर्मेन्द्र महरा सचिव र बिल्टु यादव इन्चार्ज, सप्तरीमा शिवकुमार महरा संयोजक, सुनिलराज दास सचिव र आरडी आजादले इन्चार्जको जिम्मेवारी पाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 145 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी कारागार चलान

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
यस्तो आयो काठमाडौंको ताजा परिणाम