छलफल कर्मकाण्डी कि उपलब्धीमूलक ?

काठमाडौं । सरकारी सेवाप्रवाह कमजोर भइरहेको जनगुनासा बढिरहेकै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका सचिवसँग मन्त्रालयका कामकारबाही’bout चासो लिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सोमबार सरकारका सबै मन्त्रालय तथा विभिन्न आयोग सचिवसँग छलफल गर्दै उनीहरूले गरेका ‘कामकारबाही’’bout चासो लिएका हुन् । नयाँ सरकार बन्नासाथ प्रधानमन्त्रीले सचिवहरूसँग ‘ब्रिफिङ’ लिने कार्य परम्पराजस्तै बनेको छ ।

तर, प्रधानमन्त्री–सचिव छलफलमा उठेका समस्या दवै पक्षले ‘गम्भीरतापूर्वक लिएर आगामी दिन ती समस्या कसरी मिलेर समाधान गर्लान् भन्ने विषयले मुख्य अर्थ राख्ने विश्लेषण प्रशासनविद्को छ । विगतमा प्रधानमन्त्री र सचिवबीच हुने गरेका छलफल ‘कर्मकाण्डी मात्रै हुने गरे पनि यसपटक भने यथार्थपरक र परिणाम निकाल्नेखाले हुनुपर्ने’ प्रशासनविद्को जोड छ ।

मन्त्रालय र सचिवका कार्यशैली’bout प्रधानमन्त्रीको चासो

मन्त्रालय तथा प्रशासनिक नेतृत्वमा रहेका सचिव नै सरकारको नीति कार्यक्रम तथा बजेट कार्यान्वयनको मुख्य जिम्मेवारीमा रहन्छन् । सचिवहरूले मन्त्रालयको जिम्मेवारी इमान्दारितासाथ लैजान नसक्दा सरकारको नीति कार्यक्रम र बजेट प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन ।

प्रधानमन्त्री प्रचण्डले नीति योजना तथा बजेट कार्यान्वयन अवस्था, सेवाप्रवाह, सुशासन, पारदर्शिता, मितव्ययीतालगायत’bout सचिवसँग ‘ब्रिफिङ’ लिएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सोमबार महत्वपूर्ण भूमिकामा रहेका गृह मन्त्रालय, अर्थ, शिक्षा, भौतिक तथा पूर्वाधार, पर्यटन, परराष्ट्र, श्रम, संघीय मामिला तथा सामान्य प्रशासन, युवा तथा खेलकुदलगायत मन्त्रालयका सचिवले आ–आफ्नो मन्त्रालयले काम गर्दा भोग्नुपरेका समस्या र समाधानका उपाय’bout प्रधानमन्त्रीको ध्यानाकृष्ट गराएका थिए ।

मन्त्रालयमा राजनीतिक नेतृत्वका रूपमा आउने मन्त्रीहरूले सदाचार, नैतिकता र पारदर्शितामा ध्यान पु¥याउन नसक्दा मन्त्रालयहरूले प्रभावकारी रूपमा काम गर्न नसकेका गुनासा सर्वसाधारणबाट आउने गरेका छन् । मन्त्री र सचिव तथा नीतिगत तहमा रहेका उच्च पदस्थ कर्मचारीहरूबीच सौहार्दपूर्ण सम्बन्ध हुन नसक्दा विकास निर्माण र सेवा प्रवाहलगायतका कार्य सुस्त हुने गरेको टिप्पणी हुने गरेको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार भौतिक तथा पूर्वाधार मन्त्रालयका सचिवले विकास निर्माण कार्यहरू द्रूत गतिमा हुन नसक्नुका कारणहरू तथा स्रोतसाधनको कमी तथा बजेटको अभावलगायतका विषय राखेका थिए ।

यसैगरी, स्वास्थ्य मन्त्रालयका सचिवले कोभिडको समस्या बढ्न थालेकाले यसका लागि आवश्यक कदम चाल्नुपर्ने आवश्यकता औंल्याएका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवले संघीय निजामती सेवा ऐन आउन नसक्दा कर्मचारी प्रशासन सञ्चालनमा समस्या परिरहेको बताएका थिए ।

गृह मन्त्रालयका सचिवले मुलुकको शान्ति सुरक्षाको अवस्था’bout जानकारी गराउँदै सुरक्षा अवस्था अझै सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए । कार्यक्रममा अधिकांश सचिवहरूले मन्त्रीलगायत समस्या राखे पनि धेरैजसोले स्रोत र बजेट समस्या रहेको बताएका थिए । विकास निर्माणसम्बन्धी मन्त्रालयले विकास निर्माणका लागि आवश्यक स्रोत र बजेटको उचित व्यवस्थापन हुन नसकेको बताएका थिए ।

सोमबार अधिकांश मन्त्रालयलका सचिवले विषयगत समस्या राखेपनि केही आयोग तथा मन्त्रालयका सचिवहरूले समस्याहरू राख्न बाँकी नै रहेकाले थपले मंगलबार समस्या राख्नेछन् । सबै सचिवका समस्या र सुझाव प्राप्त भएपछि मंगलबार प्रधानमन्त्री प्रचण्डले निर्देशनात्मक सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
बुद्धभूमिमा कांग्रेसका श्रेष्ठ मेयरमा र चौधरी उपमेयरमा पुनः दोहोरिए