मलेसियामा २७ नेपाली श्रमिक बन्धक, उद्धारका लागि आग्रह

काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका २७ जना नेपाली श्रमिक चार महिनादेखि अलपत्र परेका छन् । सानेपाको फोजी म्यानपावरबाट एक सप्लायर्स कम्पनीमा काम गर्न भनेर गत ८ सेप्टम्बर ( २३ भदौ)मा मलेसिया पुगेका उनीहरु अलपत्र परेका हुन् ।  म्यानपावरलाई तीनदेखि साढे तीन लाख रुपैयाँ बुझाएर मलेसिया पुगेको पीडित बाबुराम बास्तोलाले बताए । 

हन्टेयर्स चिकेन डोल्स भन्ने सप्लायर्समा काम गर्नेगरी लाख रुपैयाँ कमाउने प्रलोभन देखाएर आफूहरुसँग पैसा असुले पनि अहिले शारीरिक र मानसिक यातना दिँदा पनि म्यानपावर र एजेन्टले कुनै सहयोग नगरेको पीडितहरुको सामूहिक खिचिएको भिडियोमा भनिएको छ । 

‘आएको एक हप्तादेखि नै कम्पनी मालिकले गालीगलौजसहित कुटपिट गरेको,’ बाबुराम बास्तोलाले भने, ‘सुरुमा पारिवारिक कारणले सहँदै र गएको र एजेन्टलाई जानकारी गराउँदै गयौँ । तर, शारीरिक र मानिस यातना दिने काम रोकिएको छैन ।’ 

एजेन्टले आफूलाई सहयोग नगरेको र बाटोमै कम्पनी मालिकले आफूहरुमाथि कुटपिट गरेको भिडियोमा बास्तोलाले बताएका छन् । उनीहरुलाई खान बस्न र सुत्ने स्थानको समेत प्रवन्ध नभएको भिडियोमाब देखाएका छन् । आफूहरुलाई उद्धार गरेर सहयोग गर्न उनीहरुले आग्रह गरेका छन् । 

कम्पनीबाट बाहिर निकाली दिएको उनीहरुले गुनासो गररेका छन् । ‘कम्पनीको गेटबाट बाहिर निकालिदिएको छ । चाइनिज एजेन्टले गाडीमा हालेर अन्कन्टार ठाउँमा बन्द कोठामा थुनिदिएको छ । धुलैधुलो भुइँ भएको कोठामा थुनिदिएको छ,’ पीडित बाबुराम बास्तोलाले भने, ‘हामीलाई उद्धार गरिदिनुहोस् ।’

तपाइको प्रतिक्रिया
(Visited 76 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहमतीमा राष्ट्रपति छान्ने माओवादी निष्कर्ष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
पहिचान, संघीयता, सुशासन र सदाचारमा जोड