अत्याधिक जाडो बढेपछि विद्यालय बन्द

जनकपुरधाम । अत्यधिक जाडोका कारण जनकपुरधाम उपमहानगरपालिकाले सामुदायिक तथा निजि विद्यालय बन्द गरेको छ । नगरपालिकाको शिक्षा युवा तथा खेलकूद महाशाखाका वरिष्ठ उपसचिव मिहिलाल यादवले आज एक सूचना जारी गरी पुस २० गतेदेखि २२ गतेसम्मका लागि जनकपुरधाम उपमहानगरपालिका भित्रका विद्यालयहरुमा विदा दिएको जनाएका छन् ।

जाडोका कारण विद्यार्थीहरु विरामी हुन थालेपछि मधेश प्रदेशका विभिन्न जिल्लामा विदा दिइएको छ । जाडो बढेपछि महोत्तरीका स्थानीय तहले धमाधम विद्यालय बिदाको सूचना जारी गरेका छन् । जिल्लाका नौ स्थानीय तहले जाडो निकै बढेको हुँदा चार दिनदेखि आठ दिनसम्मको बिदा सूचना गरेका हुन् ।

जिल्लाका जलेश्वर नगरपालिका, पिपरा तथा सम्सी गाउँपालिकाले अ पुस १९ गतेदेखि पुस २६ गतेसम्म आठ दिनको बिदा सूचना गरेका छन् ।त्यसैगरी मटिहानी, भङ्गाहा, लोहारपट्टी, औरही र बलवा नगरपालिका तथा सोनमा गाउँपालिकाले पनि आजदेखि २२ गतेसम्म चार दिन बिदा दिने सूचना जारी गरेका छन् । यसअघि गत आइतबार नै मनराशिशवा र रामगोपालपुर नगरपालिकाले पुस २२ गतेसम्मको बिदा सूचना गरेका थिए। जिल्लाका १५ स्थानीय तहमध्ये ११ ले विद्यालयमा जाडो बिदाको सूचना जारी गरिसकेका छन् । जाडो वढन थालपछि विद्यालय केही दिनका लागि बिदा दिन परेको ती स्थानीय तहका कार्यालयले जारी गरेका सूचनामा उल्लेख छ ।

विद्यालयहरुमा गत एकसातादेखि जाडोले गर्दा विद्यार्थी उपस्थिति निकै घटेको छ । जाडोका वेला प्रत्येक वर्ष धनुषा जिल्लामा यस्तै हुने गरेको श्री निम्न माध्यमिक विद्यालय मानसिंहपट्टी तेतरियाका रामसुन्दर कामतीले वताए । जाडोवाट वालवालिकालाई कुनै त्यस्तो असर नपरोस त्यसका लागि आफूहरु केहीदिनदेखि नै सर्तक रहेको उनको भनाई थियो ।

अत्यधिक चिसोले वालवालिकामा झाडापखाला, निमोनिया, टाउको दुख्ने, श्वासप्रश्वाससम्बन्धी समस्या, रुघाखोकी, एलर्जी, छाला सुक्खा भएर फुट्ने वा दाग देखिने, खाना नपच्ने, हातखुट्टा तथा जोर्नी सुन्निनेलगायत समस्या बढ्ने गरेकाले जाडोवाट बच्न चिकित्सकहरूले बताए । जनकपुरधामका वरिष्ठ वालरोग विशेषज्ञ डा. वलराम मिश्रले चिकित्सकले जाडोका कारण वृद्धवृद्धा र बालबालिका सबैभन्दा बढी जोखिममा रहेको बताएका छन् । जाडोबाट जोगिन कोठालाई न्यानो बनाउनुका साथै बाक्लो कपडाहरु लगाउने र तातो खानेकुरा खानुपर्छ ।

चिसोका कारण श्वासप्रश्वास सम्बन्धी समस्या आउनसक्ने भन्दै उनले त्यसबाट निमोनिया जस्ता घातक समस्या देखिनसक्ने उनले बताए।
तराईमा बर्सेनि शितलहरका कारण कतिपय निम्न आय भएका मानिसहरुले ज्यान गुमाउने गरेका छन् ।त्यस्तो अवस्था आउन नदिन मानिसहरुले घरभित्रै बस्नुपर्ने, आगो ताप्नुपर्ने, उपलब्ध न्यानो कपडाहरु लगाउनुपर्ने र कुनै समस्या देखिए तत्कालै स्वास्थ्य चौकी जानुपर्ने डाक्टर मिश्र बताउँछन् । बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले थप जोखिममा भएकाले यो मौसममा उनीहरूले विशेष ख्याल पु¥याउनुपर्ने चिकित्सकको सुझाव छ । जाडोका कारण प्रत्येक वर्ष पटक पटक गरी २ साता भन्दा बढि समय विद्यालय बन्द हुने गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 85 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
कैलालीमा दुई स्थानीय तहमा मात्रै प्रमुख पदमा महिला उम्मेदवार