नेपाल–भारत व्यापारका समयावधि परिवर्तन

शताब्दीऔंदेखिको नेपाल र भारतबीच आर्थिक, व्यापारिक र सामाजिक सम्बन्ध सौहाद्रपूर्र्ण रूपमा कायम हुँदै आएको छ । सन् १९७०–२००० बीचको वैदेशिक व्यापार नेपालको निकासी व्यापारमा उल्लेखनीय रहेको छ । भारतले नेपालको निकासी व्यापारमा करिब ६५ प्रतिशत, पैठारी व्यापारमा करिब ६४ प्रतिशत ओगटिआएको छ ।

भारत र नेपालबीचको व्यापारिक सम्बन्ध परापूर्व कालदेखि रहँदै आई हाल पनि उत्तिकै महत्वपूर्ण रहेको छ । नेपालको वैदेशिक व्यापार असन्तुलन नेपालको विपक्षमा अत्यधिक रूपमा रहिआएको छ । निर्यात व्यापारको वृद्धिदर अत्यन्त न्यून रहेको र आयात वृद्धिदर अत्यन्त धेरै रहेको सबैलाई विदितै छ ।

दुई पक्षीय व्यापारका ढुवानी आईसीडीमार्फत भएमा नेपाल–भारत व्यापार समस्या केही हदसम्म समाधान हुने देखिएको छ । नेपाल र भारतको व्यवस्थालाई अन्तर्राष्ट्रियस्तरका लागि सो’bout नेपाल–भारतबीच समन्वय गरेमा दुवै देशलाई आपसी लाभ हुन्छ । नेपालको नेपाल स्टान्डर्ड मार्क एनएस भारतको गुणस्तर चिह्नलाई आपसी मान्यता दिलाएमा नेपालको वैदेशिक व्यापार विकासमा सहयोग पुग्न जान्छ ।

नेपाल समुद्रपार वैदेशिक व्यापारका लागि प्रयोगमा आएको कोलकाता बन्दरगाहमा सानो जहाजबाट मात्र सामान ओहोरदोहोर गर्ने हँुदा नेपालको आयात निर्यातमा लाग्ने लागत खर्चजस्तै लोड अनलोडजस्ता समस्या बेहोर्नुपर्ने अवस्थाले गर्दा मुम्बई तथा मद्रासबाट ठूलो जहाज उपलव्ध हुने हुँदा नेपाललाई पनि सोही सुविधा विशाखापटनमको प्रयोग भएको अवस्थामा नेपालको निकासी व्यापारमा ढुवानी खर्च कम भई वैदेशिक व्यापारमा सहयोग पुगेको छ ।

आव २०७९-८० को पहिलो महिनामा अघिल्लो आर्थिक वर्षको पहिलो महिनाको तुलनामा निकासी व्यापार, मुद्रासञ्चिती, वैदेशिक लगानी, मुद्रास्फिीतिमा त्यति विधि सुधार आएको देखिँदैन । आर्थिक वर्ष २०७८-७९ मा नेपालमा १ सय ६४ देशबाट १९ खर्ब २१ अर्बभन्दा बढीको सामान आयात भएको छ । भारतबाट २०७८-७९ मा नेपालले १२ खर्ब १५ करोड २७ लाख बढीको सामान आयात गरेको थियो । १२ खर्बभन्दा बढीको सामान आयात हुँदा १ खर्ब ५५ अर्ब २२ करोड ३० लाखबराबरका सामान निर्यात भएको थियो । नेपालले भारतसँग मात्र २०७८-७९ मा १० खर्ब ४४ अर्ब ९३ करोड ४ लाखभन्दा बढीको व्यापार घाटा बेहोरेको थियो । आव २०७९-८० को पाँच महिनामा देशको व्यापार घाटा ५ खर्ब ९७ अर्ब पुगी ६ खर्बको हाराहारीमा पुगेको छ । २०७९-८० को पाँच महिनामा आयात २० दशमलव ७१ प्रतिशत र निर्यात ३४ दशमलव ६१ प्रतिशतले घटेको छ । २०७९ मार्गसम्म ६ खर्ब ६४ अर्बको ७४ करोडको रुपैयाँको मात्र नेपालले वस्तु आयात गरेको छ । तर, ६७ अर्ब ३० करोडको वस्तु निर्यात गरेको छ ।

निर्यातभन्दा आयात बढी हुँदै आएकाले नेपालको व्यापार घाटा बढ्दै आएको छ । २०७९-८० मा भएका कुल व्यापारमा निर्यात हिस्सा ९ प्रतिशत मात्र रहेको छ । त्यसैगरी, आयात हिस्सा ९१ प्रतिशत रहेको छ । सबैभन्दा बढी व्यापार घाटा भारतसँगै रहँदै आएको छ । भारतसँग मात्र पाँच महिनामा ३ खर्ब ५२ बर्व ८० करोड २९ लाख ६७ हजारको व्यापार घाटा भएको छ । समग्रमा व्यापार घाटाको ६० प्रतिशतभन्दा बढी हिस्सा भारतले ओगटेको छ । अधिक व्यापार घाटा हुने दोस्रो देशमा चीन परे पनि चीनसँग व्यापार घाटा ९४ अर्ब ३३ करोड ६३ लाख मात्र रहेको छ ।

व्यापार घाटामा भएको तेस्रो देशमा रहेको इन्डोनेसियासँग २० अर्ब ८३ करोड ४ लाख ६२ हजार रहेको छ । व्यापार घाटा रहेको अन्य देशमा क्रमशः यूएई, अर्जेन्टिना, कतार, ओमान, मलेसिया, जोर्डन, युक्रेन, अस्ट्रेलिया, साउदी अरेबिया, बेल्जियम, थाइल्यान्ड, भियतनाम, कोरिया, ब्राजिल, बंगलादेश, पाराग्वे, फ्रान्स, सिगांपुर, साउथ अफ्रिका, ताइवान, जापान, क्यानडा, हङकङ मुख्य छन् ।

नेपालको वैदेशिक व्यापार असन्तुलन नेपालको विपक्षमा अत्यधिक रूपमा रही आएको छ

व्यापार घाटा नभएको देशहरूमा भने अमेरिका अग्रस्थानमा छ । संयुतm राज्य अमेरिकासँग नेपालको व्यापार नाफामा ११ करोड ५४ लाख ९ हजार रहेको छ, २०७९-८० को मार्गसम्म व्यापार नाफामा भएका देशमा अल्जेरिया, कम्बोडिया, रोमानिया, उरुग्वे, नर्वे, क्रोसिया, कंगो, अफगानिस्तान, मोरिससलगायत छन् । २०७९ वैशाखदेखि सरकारले विलासिताका सामग्री आयातमा प्रतिबन्ध लगाएका कारण २०७९-८० मा कमै व्यापार घाटा रहेको छ । २०७९-८० मा व्यापार घाटा १९ प्रतिशतले घटेको छ । २०७९-८० को पहिलो पाँच महिनामा ६ खर्ब ६४ अर्ब ७४ करोेड ६४ लाख ५० हजार आयात र निर्यात ६७ अर्ब ३० करोड ४५ लाख २ हजारका भएको छ ।

सरकारले लगाएका प्रतिबन्धका कारण आयात घटेका स्पष्ट भए पनि कुनै अवरोधबिना किन निर्यात घटेको हो भन्ने पहिल्याउन सकिएको छ्रैन । २०७९-८० मार्गसम्म नेपालले १ खर्ब २३ अर्ब ६८ करोड मूल्यको कृषिजन्य वस्तु आयात गरेको छ । २०७९-८० मा कृषिजन्य वस्तु आयात करिब एकतिहाइले घटेको छ । २०७९ मार्गसम्म २० अर्ब ३१ करोडको खाधान्न र १४ अर्ब ३१ करोडको तरकारी आयात भएको देखिन्छ । २०७९ मार्गसम्म १ खर्ब ३४ अर्बको तरल इन्धन पदार्थ, करिब ८४ अर्बको मेसिन र विद्युतीय उपकरण, करिब ६४ अर्बको फलाम आयात भएका छन् । २०७९-८० को पाँच महिनामा कुल ७ खर्ब ३२ अर्ब ५ करोड ९ लाख ५२ हजारको कुल वैदेशिक व्यापार भएको छ ।

२०७८÷७९ मा नेपालले २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाखबराबरको वैदेशिक व्यापार गरेको थियो । तर, २०७७-७८ को तुलनामा २६.१५ प्रतिशतले बढी रहेको छ । २०७७-७८ मा नेपाल १६ खर्ब ८० अर्ब ९६ करोड ११ लाखबराबरको वैदेशिक गरेको थियो ।

कृषिप्रधान देशमा २ खर्ब ५० करोडको खाद्यान्न आयात हुन हीनताबोध भएको छ । २०७८-७९ मा वार्षिक बजेटभन्दा झन्डै ३ खर्ब बढीको आयात, १७ खर्बको बढीको व्याापार घाटा रहेको देखिन्छ । १ अर्बको अवधिमा नेपालले १९ खर्ब २० अर्बको आयातको गरिएको देखिन्छ । २०७८-७९ को वार्षिक बजेट नै १६ खर्ब ३२ अर्बको थियो । २०७८-७९ मा व्यापार घाटा १७ खर्ब २० अर्बको रहेको छ । २०७८-७९ मा नेपालले सबैभन्दा बढी इन्धनको आयातमा खर्च भएको छ । १ वर्षको अवधिमा नेपालले ३ खर्ब ८३ अर्ब बढीको इन्धन आयात गरेको छ । नेपालले इन्धनपछि सबैभन्दा बढी खाद्यान्न, फलामजन्य सामग्री, इलेक्ट्रोनिक सामग्री आयात बढी रहेको छ ।

व्यापार घाटा सबैभन्दा बढी भारतसँग भएको छ । नेपालले भारतबाट १२ खर्ब १५ करोडको सामान आयात भएको छ । भारतबाट १२ खर्बभन्दा बढी सामान आयात हँुदा केवल ५५ अर्ब २२ करोडबराबरको सामान मात्र भारतर्फ निर्यात भएको छ । भारतमा मात्र १० खर्ब ४४ अर्ब ९३ करोडभन्दा बढीको व्यापार घाटा भारतसँग ब्यहोरेको छ । भारतपछि चीनसँग २ खर्ब ६३ अर्ब ९७ करोडको व्यापार घाटा रहेको छ । एक वर्षमा नेपालले २१ खर्ब २० अर्ब ४७ करोेडको वैदेशिक व्यापार रहेको छ । आव २०७७÷७८ मा नेपालले १६ खर्ब ८० अर्ब १७ करोडको वैदेशिक व्याापार भएको थियो ।

आव २०७८-७९ मा मात्र डिजेलमा १ खर्ब ६८ अर्ब २३ करोड, पेट्रोल ७१ अर्ब ३८ करोड र एलपी ग्याँसमा ६५ अर्ब ५५ करोड व्यापार घाटा रहेको छ । नेपालको निर्यात व्यापार २ खर्ब ३० करोड पुगेको छ । निर्यात व्यापार २०७७-७८ मा तुलनात्मक रूपमा २०७८-७९ मा ४१.७ प्रतिशतले बढेको छ ।

नेपाली निकासी उद्यमी कम्पनीले व्यापार अभिवृद्धि गर्न अझ क्षमतावान् बन्न नसकेको कारणले निकासी वातावरण बन्न सकेको छैन

२०७८-७९ मा निर्यात भएका वस्तुमा प्रशोधन भटमासको तेल ४५ अर्ब ३५ करोडौ, प्रशोधन पाम तेल ३७ अर्ब ९४ करोड, सेन्थेटिक यार्न १० अर्ब १४ करोडको, उनी गलैंचा र कार्पेट ७ अर्ब, तयारी कपडा ५ अर्ब ७६ करोडको रहेको छ । सरकारी र निजी क्षेत्रमामा निकासीलाई यथेष्ट ध्यान नदिँदा समेत व्यापार प्रभावित भएका छन् । सरकारी निकायबाट र निजी क्षेत्रबाट निकासी नीति घोषणा गरिए पनि राष्ट्रिय व्यापार नीति कल्पना गरिएभन्दा समन्वय, एकीकृत र स्थायी गरिएका छैनन् । विनिमय दर, आर्थिक प्रावधान, भन्सार शुल्क छुट र अरू प्रोत्साहन दिने काम कम भएका छैनन् । नेपालमा धेरैजसो निकासीका कारोबारका निकासी प्रक्रिया र अभिलेख सरल नबनाउँदा व्यवसायीले धेरै समस्या बेहोरिरहेका छन् । अब त विद्युतीय सिंगल विन्डोले यस्ता समस्या कम गर्लान् ।

निकासीका घोषित कार्यक्रमका कार्यान्वयनमा कमी
राम्रोसँग स्थापित केही निकासीकर्तालाई बाहेक अरूलाई माल चलानीपश्चात् मात्र निकासी कर्जा दिइने व्यवस्था गरिएको छ । नेपालमा निकासी विस्तारका लागि अत्यावश्यक आवश्यकताका रूपमा पूर्वसामान चलानी र सामान चलानीपश्चातका निकासी कर्जा आवश्यक देखिन्छ ।

धेरैजसो निकासीकर्ताका निकाय र नेपाली निकासी उद्यमी कम्पनीले व्यापार अभिवृद्धि गर्न अझ क्षमतावान् बन्न नसकेको कारणले निकासी वातावरण बन्न सकेको छैन । भौगोलिक अवस्थिति, भारतसँगको खुला सीमाना र नेपाल–भारत व्यापार सम्बन्धका कारणले व्यापार अभिवृद्धि हुन सकेको छैन ।

नेपालको २०६७-६८ देखिको २०८०-८१ सम्मको १३औं, १४औं र १५औं त्रिवर्षीय र पञ्चवर्षीय योजनाले वस्तु निकासीलाई योजना अवधिको अन्तिम वर्षमा लक्षित रकम मूल्यका बिन्दुमा पु-याउने अपेक्षित प्रतिफल आशा गरिएको जति विगतमा हुन सकेको देखिँदैन । यस्तै, गरी ती योजनाले वाणिज्य क्षेत्रमा थप रोजगारीको अवसर सिर्जना गर्ने भनिएका थिए । ती योजनाको अन्तिमसम्ममा व्यापार घाटालाई कुल गार्हस्थ उत्पादनको निश्चित प्रतिशतबाट लक्षित प्रतिशतमा झार्ने र आयात–निर्यातको अनुपात बढ्न नदिने भनिएको थियो ।

यी प्रतिफल पूरा गर्न वाणिज्य क्षेत्रको पृष्ठभूमिको आधारमा उद्देश्य, रणनीति, र कार्यनीति तोकिएको थिए । २०७२ को वाणिज्य नीति, २०७३ को एनटीआईएस र २०७३ देखि २०७८ सालसम्म आएको आर्थिक र व्यापारसँग सम्बन्धित ऐन, कानुन, निर्देशिका आदिले २०७२ सालपछि बिग्रेको आर्थिक तथा व्यापरिक क्षेत्रलाई डो-याउँदै आएका छन् ।

नेपालको भारततर्फ निर्यात व्यापारको वृद्धिदर अत्यन्तै न्यून र भारतबाट आयातको वृद्धिदर अत्यन्तै धेरै रहेकाले नेपाल–भारत व्यापारबीच समस्या समाधानार्थ सधंै सचेत रहनु जरुरी छ । विगत केही वर्षमा नेपालको निकासीमा भारत तर्फको हिस्सा ६६.६ देखि ७०.९ प्रतिशतसम्म, समुद्रपारतर्फको हिस्सा २७.०–३०.० प्रतिशतसम्म र चीनतर्फको हिस्सा २.०–३.४ प्रतिशतसम्म देखिएकाले नेपाल–भारत व्यापार समस्या स्वतः धेरै हुनु स्वाभाविकै छ ।

नेपालबाट भारततर्फ निर्यातका वस्तुहरूमा पाम आयल, धागो, भटमासको तेल, मुसुरोको दाल, वनस्पति घिउ, जडीबुटी, अदुवा, जुटका सामान, तारपिनको तेल, अलैंची, कच्छ, ढुंगा–बालुवा, खोटो, नुडल्स, बिस्कुट, प्रशोधित छाला, टुथपेस्ट, पोलिस्टर धागो, तयारी पोसाक, साबुन, हाजमोला, स्क्रापलगायत रहेका छन् । भारतबाट आयातीत प्रमुख वस्तुमा पेट्रोलियम पदार्थ, कपडा, तयारी पोसाक, सिमेन्ट, फलपूmल, तरकारी, चिनी, चामल, रसायन, इलेक्ट्रिकल सामान, औषधि, सवारीसाधन आदि छन् ।

तपाइको प्रतिक्रिया
(Visited 103 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अपराध काण्डमा तानिँदै सांसदः कोही पक्राउ, कोही फरार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
जनकपुरमा मेयरको निर्णय : फोहोर व्यवस्थान आजैदेखी