जसपा तत्काल सरकारमा नजाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा)ले तत्काल सरकारमा सहभागी नहुने निष्कर्षमा पुगेको छ । दुई दिनदेखि काठमाडौंमा बसेको जसपाले राजनीतिक समिति बैठक मंगलबार समापन गर्दै यस्तो निर्णय गरेको हो ।

बैठकले सरकारको नीति तथा कार्यक्रम एवं शक्ति बाँडफाँटका आधारमा मात्रै सरकारमा सहभागी हुने अन्यथा ‘सरकारलाई बाहिरैबाट समर्थन गर्ने’ निर्णय गरेको छ । जसपा प्रवक्ता मनिष सुमनका अनुसार सम्मानजनक शक्ति बाँडफाँटका आधारमा मात्रै पार्टी सरकारमा सहभागी हुने अन्यथा बाहिरैबाट सरकारलाई समर्थन दिने बताए ।

बैठकले पार्टी विधान अधिवेशनका लागि ‘विधान मस्यौदा समिति’ पनि गठन गरेको छ । समितिमा पार्टी अध्यक्ष उपेन्द्र यादवसहित राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, सुशीला श्रेष्ठ, शिवलाल थापामगर, लालबाबु राउत, दीपेन्द्र झा, दीपक राई, पञ्चलाल महर्जन, वीरेन्द्र ठाकुर र भगवती सुवेदी छन् ।

एकता वार्ता टोली गठन
जसपाले विभिन्न दल तथा संगठनसँग एकता, सहकार्य तथा गठबन्धन गर्न पार्टीका नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिमा रकम चेम्जोङ र गोविन्द चौधरी छन् । जसपा प्रवक्ता सुमनले विचार, सिद्धान्त, नीति तथा कार्यक्रमलगायत विषय मिल्ने दलस“ग एकीकरण, सहकार्य तथा गठबन्धन विषयमा समितिले काम गर्ने जानकारी दिए ।

पछिल्लो समय जसपा अध्यक्ष उपेन्द्र यादवले नेकपा (एकीकृत समाजवादी)का शीर्षनेतास“ग आन्तरिक छलफल गर्दै पार्टी एकीकरणका लागि पहलसमेत थालेका छन् । गत साता यादव एकीकृत समाजवादी अध्यक्ष माधवकुमार

नेपाल र सम्मानित नेता झलनाथ खनालसँग छुटाछुटै भेटघाट गर्दै एकीकरण’bout छलफल गरेका थिए । समाजवादी केन्द्र निर्माण अभियानमा रहेका यादवले पार्टीको नामबाट ‘ कम्युनिस्ट’ शब्द हटाएर समाजवादी पार्टी बनाउनुपर्ने धारणा राख्दै आएका छन् । जसपाबाट अलग भएर नेपाल समाजवादी पार्टी गठन गरेका डा. बाबुराम भट्टराईले समेत समाजवादी केन्द्र स्थापना गर्नुपर्ने जोड दिँदै आएका छन् । उपेन्द्रले पार्टीको नामबाट ‘कम्युनिस्ट’ शब्द हटाउनुपर्ने सर्त अघि सारे पनि त्यो विषय अन्य नेतालाई स्वीकार्य छैन ।

नेपाल, खनालका साथै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेता पार्टीको नामबाट ‘कम्युनिस्ट’ शब्द हटाउन तयार छैनन् । तर, डा. भट्टराई भने सो शब्द हटाउन तयार छन् । उता, स्वतन्त्रबाट सांसदमा निर्वाचित प्रभु साहले गठन गरेको आम जनता पार्टी (आजपा)ले समेत वामपन्थी पार्टीबीच एकता हुनुपर्नेमा जोड दिएका छन् । यसका लागि साना तथा ठुला दलबीच वार्ता एवं संवाद गरी छिट्टै निर्णयमा पुग्न आजपाले समेत वार्ता समिति गठन गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सत्ता गठबन्धन फुटको सँघारमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
एक लाख ३६ हजार २६९काे उम्मेदवारी, वडाध्यक्षमा ३२ हजार ५९