राजस्व छल्नेविरुद्ध साढे ७८ करोडको मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले विभिन्न हथकण्डा अपनाएर राजस्व छल्नेविरुद्ध झन्डै ७८ करोड रुपैयाँबराबरको मुद्दा दायर गरेको छ ।

एक कम्पनीले कर तिर्ने बेला भएपछि अर्को कम्पनी खोल्दै कारोबार गर्ने रुपन्देहीस्थित सुमित एन्ड स्वेता ट्रेडर्सका सञ्चालक पुनित बानियाँ र नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) छलीमा संलग्न ललितपुरस्थित त्रिशक्ति ट्रेडर्सका सञ्चालक सिद्धीबहादुर महर्जनविरुद्ध विभागले कर छलि र जरिमानासहित कुल ७८ करोड ४२ लाख ८६ हजार ९ सय ५० रुपैयाँ उठाउन उच्च अदालत तुलसीपुर बुटवल इजलास र उच्च अदालत पाटल ललितपुरमा मुद्दा दायर गरेको हो ।

राजस्व छलिविरुद्ध आक्रामक रूपमा अघि बढेको विभागले अनुगमन क्रममा विभिन्न बहाना बनाएर एवं अनेक तरीका अपनाएर राजस्व छल्ने फन्दामा पारेको जनाएको छ । विभागका अनुसार सुमित एन्ड श्वेता ट्रेडर्सका सञ्चालक बानियाँले ३३ करोड कर छली गरेका थिए । यतिधेरै राजस्व छलीमा संलग्न बानियाँ रुपन्देही जिल्लाका बासिन्दा हुन् । उनले सुरुमा सुमित एन्ड स्वेता ट्रेडर्सको नाममा कारोबार गर्ने गरेका थिए ।

तर, यो कम्पनीको कुनै कारोबार विवरण आन्तरिक राजस्व विभागमा नबुझाई नयाँ कम्पनीबाट कारोबार सुरु गरेको विभागको दाबी छ । यसरी सरकारलाई झुक्याएर राजस्व छल्दै आएका बानियाँले आफ्नो नाममा दर्ता भएको फर्मको आय विवरण र सो बमोजिमको करयोग्य आयमा लाग्ने कर रकम दाखिला नै गरेका थिएनन् ।

सोही आधारमा विभागले बानियाँलई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन–२०५२ (संसोधनसहित) को दफा ३ को उपदफा ४ बमोजिम राजस्व चुहावटको कसुर गरेको आरोप लगाएको जनाएको छ । यस्तो कार्यमा संलग्न बानियाँले कुल ३३ करोड ३ लाख ५० हजार ८ सय ९६ रुपैयाँ कर छली गरेको र जरिमानासमेत गरी उनीसँग कुल ६६ करोड बिगोदावी माग गरेको विभागले जनाएको छ ।

यसैगरी, विभागले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) छली गरेको आरोपमा ललितपुरमा सिद्धीबहादुर महर्जनविरुद्ध कुल १२ करोड ३५ लाख ८५ हजार १ सय ९८ रुपैयाँ असुलउपर एवं संजाय माग दावी सहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । यस्तो कार्यमा संलग्न महर्जनको त्रिशक्ति ट्रेडर्सले नक्कली बिजक प्रयोग गरी आयव्याय विवरण बनाउने गरेको विभागको दावी छ ।

महर्जनमाथि पनि राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन–२०५२ (संसोधनसहित)को दफा ३ को उपदफा ४ बमोजिमको कारबाही अघि बढाइएको विभागले जनाएको छ । यसअघि पनि विभागले अनेक बहाना बनाएर राजस्व छल्ने विभिन्न कम्पनीका सञ्चालन एवं व्यक्तिविरुद्ध करोडौंको मुद्दा दायर गरेको बताएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 155 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चुडामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
मतदान गरेपछि बालेन शाहले भने- हाम्रो अवस्था एकदमै राम्रो देखियो