सर्जक मल्लका एक साथ दुई पुस्तक

काठमाडौं । सर्जक दीलिप कुमार मल्लले एक साथ दुई पुस्तक पाठकमाँझ आएका छन् । गीतकारको रुपमा समेत परिचित मल्लको सेतो धर्ती सप्तरंगी फूर र रुइसे दरबार गरी दुई पुस्तकको काठमाडौंमा एक समारोहबीच प्रतिनिधि सभा सदस्य डा. आरजू राणा देउवाले बिमोचन गरेकी हुन् ।

कार्यक्रममा गीतकार तथा कथाकार मल्लको लेखन’bout सांसद देउवाले चर्चा गरिन् । यस्तै गृहसचिब विनोद प्रकाश सिंह, पूर्व राजदूत तथा कवि प्रतिभा राणा, समालोचक राजकुमार बानियाँले पनि मल्लको लेखन’bout चर्चा गरे ।

यि दुबै पुस्तक शिखा बुक्सले प्रकाशन गरेका हुन् । बिमोचन पुस्तक मध्य सेतो धरतीमा सप्तरंगी फुल कथा सँग्रह हो । जसमा सामाजिक मनोविज्ञानमा केन्द्रित कथाहरु संग्रहित रहेको प्रकाशक पुष्पराज पौडेलले बताए । यो पुस्तकको मूल्य ४७५ रुपैयाँ रहेको छ ।

यस्तै अर्को कृति रुइसे दरबार एतिहासिक उपन्यास रहेको पनि उनले बताए । जसमा रुइसे दरवारको उदयदेखि पतनसम्मको कथा समेटिएको छ । यो उपन्यासको मूल्य ४२५ रुपैयाँ रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 123 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै