२२ औं आहारारा पोखरा गोल्डकप : संकटा फाइनलमा


पोखरा । संकटा क्लब २२ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ  ।
पोखरा रंगशालामा बुधबार पहिलो सेमिफाइनलमा साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । 

क्वाटरफाइनलमा विभागीय त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–१ लाई हराउँदै एपिएफसँग भेट सुनिश्चित गरेको संकटालाई दोस्रो पल्ट उपाधि होडमा पु¥याउन दुई अफ्रिकन खेलाडी नायक बने ।

उसको जीतमा खेल सुरुआतको पाँच मिनेटमै स्टेफेन विनोङले अग्रता लिएका थिए । खेलको ४३ औं मिनेटमा अर्का विदेशी खेलाडी मिसोकीले गोलअन्तर दोब्बर पार्दै पहिलो हाफ टुंगाए । मेसुकीले स्टेफनको पासमा लामो प्रहार गर्दै गोल गरेका हुन् । 

त्यसपछि खेलको ६१ औं मिनेटमा स्टेफेनले अर्को गोल थप्दै गोलअन्तर ३–० पु-याए । उनले टिमका डिफेन्स आन्द्रे वियिकले दिएको लामो पासलाई गल्ती गरी बललाई विपक्षीको गोलपोस्टको जाली चुमाएका हुन् ।

एपिएफका लागि खेलको ७४ औं मिनेटमा हरि कार्कीले सान्त्वना गोल फर्काए । बिकु तामाङले डिबक्स क्षेत्रबाट दिएको छोटा पासमा उनले सहजै गोल गरेका हुन् । उनी खेलको ५६ औं मिनेटमा युवराज खड्काको स्थानमा मैदान छिरेका थिए । खेल उत्तरार्धमा संकटाले पुनः अर्को गोल थप्यो । ८६ औं मिनेटमा मिसोकीले गोल गर्दै खेल टुंगाएका थिए । खेलमा एपीएफले पटकपटक अवसर पाए पनि सदुपयोग गर्न नसक्दा गत वर्षको उपाधि रक्षा गर्न सकेन ।

संकटा १९ औं संस्करणको विजेता हो । उसले त्यसबेला अफ्रिकन रुट्सलाई टाइब्रेकरमा ४–२ ले पराजित गरेको थियो भने गत संस्करणमा क्वाटरफाइनलमा मच्छिन्द्रसँग ४–१ को हार व्यहोरोको थियो । 

बिहीबार दोस्रो सेमिफाइनलमा भुटनीज युथ स्पोर्टस् क्लब मिनिसोटा र चर्च ब्वाइज युनाइटेड फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ । मिनिसोटाले क्वाटरफाइनलमा मनाङलाई १–० गोलअन्तरले र चर्च ब्वाइजले मच्छिन्द्र फुटबल क्लबको चुनौती ३–१ गोलअन्तरले पन्छाउँदै फाइनल प्रवेशका लागि भेट सुनिश्चित गरेका हुन् ।

शनिबार हुने फाइनलका विजेताले १२ लाख र उपविजेताले ६ लाख पुरस्कार प्राप्त गर्ने छन् । १४ पुसदेखि सुरु प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउ हो । प्रतियोगितामा १० टिमले भाग लिएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चुडामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
सुदूरपश्चिमका ५१ पालिकाको मतगणना सम्पन्न (सूचीसहित)