जुम्ला । जुम्लामा रुखबाट लडेर घाईते बनेकि एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको तिला गाउँपालिका वडा नम्वर ६ घोडेगाउँकी २५ वर्षीया महिला रामपुरा रोकायाकाे उपचारको क्रममा मृत्यु भएको हो ।
१९ गते दिउसो १ बजे रुखबाट लडेर घाइते भएकी उनलाई उपचारका लागि जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिानमा पुर्याएको थियो । उपचाररत उनको आज विहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी एम बहादुर बुढा मगरले जानकारी दिएका छन् । शव आजै पोष्टमार्टम गरि आफन्तलाई बुझाइएको उनले बताएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 93 times, 1 visits today)