यातायात र श्रम तथा रोजगार कार्यालयमा छापा

काठमाडौँ । यातायात व्यवस्था कार्यालय र श्रम तथा रोजगार कार्यालय काठमाडौँमा प्रहरीले छापा मारेको छ। बिहीबार गुर्जुधारास्थित यातायात कार्यालय र टेकुस्थित श्रम तथा रोजगार कार्यालयबाट प्रहरीले बिचौलियाहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले २५ जनाभन्दा बढी बिचौलियाहरूलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका व्यक्तिहरूको यकिन विवरण परिसरले सार्वजनिक गरिसकेको छैन। उनीहरूमाथि म्याद थप गर्ने प्रहरीले तयारी गरिरहेको छ।

सेवाग्राहीलाई बिचौलियाले दुःख दिएको भन्ने सूचना पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यसअघि पनि प्रहरीले विभिन्न यातायात कार्यालयबाट बिचौलियाहरूलाई पक्राउ गर्ने गरेको थियो।

तपाइको प्रतिक्रिया
(Visited 129 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहमतीमा राष्ट्रपति छान्ने माओवादी निष्कर्ष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
चन्दननाथकि उपप्रमुखको घोषणा विपन्न र असहायका लागि सुविधा खर्च गर्ने घोषणा