नेपाल प्रेस युनियन कर्णाली प्रदेश अधिवेशनमा माइक खोसाखोस

सुर्खेत । नेपाल प्रेस युनियन कर्णाली प्रदेश प्रथम अधिवेशनको क्रममा विवाद भएको छ। अधिवेशनमा संस्थापन र संस्थापन इतर पक्षको पार्षदको विषयलाई लिएर विवाद गरेका हुन् । 

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको टाकुस्थित होटेलमा बिहीबार आयोजित अधिवेशनमा संस्थापन पक्षधर पार्षदको विषय लिएर दुई पक्षबीच लफडा भएको हो । संस्थापन इत्तर पक्षधरका पार्षदहरू धेरै भएको र संस्थापन पक्षधर पार्षदहरूको नाम काटिएको भन्दै संस्थापन पक्षधरले विरोध गरेका हुन् । 

अधिवेशनमा सहभागी एक व्यक्तिले दुई पक्षधरबीच माईक खोसाखोसको स्थिति सृजना भएको बताए । उनले भने, ‘हुम्लाका एक प्रतिनिधिले माइकनै चुडाई दिएका छन् ।’

कार्यक्रममा प्रेस युनियनका अध्यक्ष शिव लम्साल, कांग्रेस नेता डा‍. मिनेन्द्र रिजाल, कांग्रेस नेता हृदयराम थानीलगायतको सहभागीता छ । उनीहरूको अगाडि दुई पक्षबीच धकेला धकेल भएकाे थियाे ।

तपाइको प्रतिक्रिया
(Visited 216 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ललितपुरमा कांग्रेस र माओवादीको मात्र गठबन्धन, समाजवादी समेटिएन