जुम्ला । जुम्लाकाे तिला गाउँपालिका वडा नम्वर ३ श्रीवेणीमा अटाे दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ। रारा लिहि बाट जुम्ला खलँगा तर्फ जाँदै गरेकाे क १ स ११ नम्वरकाे अटाे अनियन्त्रित भइ तिला नदिमा खस्दा तातोपानी -१ बाइराँकाका २९ वर्षिया पुरन सार्की र तिला – ३ का २१ वर्षिया आकाश थापा काे मृत्युु भएकाे हाे।
पुरन सार्कीकाे घटना स्थलमै मृत्यु भएकाे हाे भने आकाश थापाकाे उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकाे जिल्ला ट्राफिक कार्यालय जुम्लाका सहायक प्रहरी निरिक्षक विमल रावलले जानकारी दिएका छन्।
अटाे तिला ३ श्रीवेणीमा कर्णाली राजमार्ग बाट १५ मिटर तल नदिमा खसेकाे उनले बताए । मृतक दुवैजनाकाे शव पाेष्टमार्टमका लागि कर्णाली स्वास्थ्य जिज्ञान प्रतिष्ठानमा राखिएकाे छ।
तपाइको प्रतिक्रिया
(Visited 1,836 times, 1 visits today)