काठमाडौं । गायिका निशा देशार र गायक बेनुप क्षत्रीले युगल स्वरमा नयाँ गीत कती माया गर्छौ…को भिडियो दर्शकमाझ ल्याएका छन् । रोमाञ्चक यो गीतलाई बसन्त लम्सालले लेखेका हुन् । जसमा संगीत पनि बसन्तकै रहेको छ ।
हरि लम्सालले संगीत संयोजन गरेको यो गीतलाई अजय कार्की र राजुवावु चौधरीले रेकर्डिङ गरेका हुन् । यो गीत यतिबेला चर्चामा रहेको छ । यसले युट्युवमा पनि राम्रो भ्युज पाएको छ । भिडियोलाई टुवल्भ नोट्स युट्युव च्यानलबाट रिलिज गरिएको छ ।
यो गीत निकै माधुर्य बनेको छ । गीतको भिडियो पनि त्यत्तिकै राम्रो बनेको छ । भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल करुणा श्रेष्ठले अभिनय गरेको छ । उनीहरुको प्रेम भाव र एक अर्काप्रतिको आसक्तीलाई यो गीतको भिडियो प्रस्तुत गरिएको छ ।
यो गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । जसमा हरि हुमागाईको छायाँकन छ । समरा जोशीको सृँगार रहेको यो भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् ।