शीतलहर पीडितप्रति राज्य उदासिन भएकाे गुनासाे

काठमाडौं । आम जनता पार्टी ( आजपा) निकट आइटी आर्मीले शीत लहरको प्रकोपबाट पीडितहरुको उद्दार, राहत तथा यस समस्याको दीगो समाधानका लागि सरकारसंग माग गरेको छ ।

आइटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले शीत लहरको प्रकोपबाट पीड़ितप्रति राज्य उदासिन देखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै यस्तो माग गरेका हुन् । नेपालको तराई मधेशका विभिन्न जिल्लाहरुमा विगतका वर्षहरुझैं यस वर्ष पनि आम जनता शीत लहरको प्रकोपबाट प्रभावित हुन थालिसक्दा समेत राज्य अहिलेसम्म बेखबर भई कानमा तेल हालेर सुतिरहेको आरोप साहको छ ।

‘यस क्षेत्रमा जाडो र शीत लहरबाट मुख्यतः गरीब-विपन्न परिवारका ससना बालबालिका, वयोवृद्ध लगायत परिवारका अन्य सदस्यहरु तथा घरपालुवा जनावर सहित अन्य जीवजन्तुहरु समेत कठंग्रीएर शिकिस्त बिरामी पर्ने र समयमैं उचित स्यारसुसार एवं स्वास्थ्य उपचारको अभावले गर्दा मृत्युको मुखमा परेका अनेकन ह्रदयविदारक घटनाहरु कसैबाट लुकेको छैन ।’ उनले भनेका छन् ‘अहिलेको समयमा किसानहरूको मौसमी बालिनालिमा समेत ठुलो क्षति हुने गर्छ । यो सब समस्या नियमित जस्तै बन्दा पनि सरकार माैन छ ।’

यस समस्याप्रति देशको संघ, प्रदेश र स्थानीय गरी तीनै तहको सरकार बीना कुनै पूर्वतयारी अकर्मण्यताका साथ कुम्भकर्ण निन्द्रामा सुतिरहनु दुखद दूर्भाग्य एवं विडम्बना रहेको उनले जनाएका छन् । यस गलत रवैयामा समयमैं सुधार नभए असन्तुष्ट एवं आक्रोशित आम जनताले संघर्ष एवं विद्रोहको मार्ग अख्तियार गर्न बाध्य हुने र यसबाट हुने सम्पूर्ण क्षतिको जिम्मा स्वयं राज्य पक्षले लिनुपर्ने चेतावनी आइटी आर्मीको छ ।

तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
बालेन शाह किन पुगे भक्तपुर ?