जनकपुरधाम । शीतलहर लम्बिदा धनुषा सहित मधेश प्रदेशको जनजीवन कष्टकर बनेको छ ।
दिनभरजसो घाम नलाग्ने हुँदा धेरैजसो क्षेत्रमा अधिकतम तापक्रम निकै घटेको छ । जाडोका कारण धनुषामा अहिलेसम्म एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खडकाका अनुसार धनुषाको जनक नन्दिनी गाउँपालिका वडा नं. १ मा स्थानीय मनोज यादबको खेतको पूर्व डिलमा शब फेला परेको छ ।
शव परीक्षण गर्दा जाडोका कारण मृत्यु भएको उनको भनाई छ । जाडोका कारण विद्यालयहरुमा विदा दिइएको छ भने वजारमा चहल पहल घटेको छ । चिसोमा कारण भाइरल संक्रमण ज्वरो, निमोनियाँ, रुघाखोकीको समस्या धनुषामा अत्यधिक देखिएको चिकित्सकहरु वताउँछन ।
तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)