आजदेखि घरघरमा स्वस्थानी वाचन

ललितपुर । आजबाट श्री स्वस्थानी व्रतकथा सुरु भएको छ । पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु हुने यो व्रत एक महिनासम्म जारी रहन्छ । यो अवधिमा घरघरमा श्रीस्वस्थानी कथा वाचन गर्ने र सुन्ने गरिन्छ । ललितपुर गोदावरी नगरपालिका बडिखेलका ७६ वर्षीय सुदर्शन न्यौपानेले शुक्रबार एक वर्षअघि थन्काएर राखेको स्वस्थानीको किताबलाई पूजाआजा गर्दै भोलिपल्ट बाट स्वस्थानी वाचन गर्दै छन् ।

उनका पाँचजना नातिनातिना भएपनि कथावाचन उनकै भागमा परेको छ । स्वस्थानीको कथामा भएका अक्षर फुटाउन पनि अहिलेका पिँढीलाई हम्मेहम्मे पर्ने उनी बताउँछन् । गोदावरी नगरपालिका लेलेका गोविन्द खुलाल अहिलेको आधुनिक प्रविधिले पनि आफ्ना बालबच्चामा स्वस्थानीवाचनप्रतिको आकर्षण घटेको बताउँछन् ।

‘हामी बाल्यकालमा हुँदा राम्रोसँग पढ्न नजाने पनि स्वस्थानीको कथा भनेर आफ्ना अग्रजलाई सुनाउन उत्साहित हुन्थ्यौं,’ उनले आफ्नो बाल्यकाल सम्झँदै भने, ‘अहिलेका बालबालिकाले भने मोबाइलमा गेम खेल्ने, टिभी हेर्ने र इन्टरनेटमा अन्य मनोरञ्जनात्मक वस्तु हेर्नाले पनि स्वस्थानीको वाचनमा चासो दिएका छैनन् ।’ घरघरमा कथावाचनका क्रममा साना बालबालिकालाई मौका दिइने गरिएकामा पछिल्लो समय बालबालिकालाई आधुनिक प्रविधिले प्रभावित बनाएको छ ।

अभिभावक आफ्ना बालबालिकालाई स्वस्थानीको कथा वाचन गर्ने संस्कृति जोगाउन आफ्ना केटाकेटीलाई अघि सार्न खोजिरहेका छन् भने केटाकेटीहरू मोबाइल, इन्टरनेट र टिभीमा भूलिरहेका छन् । कोहीकोहीले स्वस्थानी कथामा तदारुकता देखाए पनि उनीहरू टिकटक, युट्युब आदिमा भिडियो बनाएर हाल्नमा बढी केन्द्रित देखिन्छन् ।

केही अभिभावकले भने आफ्ना बच्चालाई स्वस्थानीको संस्कृति बुझाउन र यसको वाचनमा लगाउने प्रयास नै थालेका छन् । भक्तपुर सूर्यविनायक नगरपालिकाका दीपक ढुंगेलले आफ्नो ९ कक्षामा पढ्ने छोरालाई अघिल्लो वर्षदेखि नै स्वस्थानी वाचनमा लगाएका छन् । ‘सुरु– सुरुमा त कहाँ मान्नु ? पछि धेरै फकाएपछि मात्र स्वस्थानी भन्न थालेको हो,’ उनले भने, ‘यसले उसलाई संस्कार र संस्कृतिप्रति लगाव पनि जागेको छ ।

श्रीस्वस्थानी वाचनले विद्यार्थीलाई आत्मनुशासन सिकाउने श्री उदयखर्ब माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि काफ्लेको भनाइ छ । ‘बालबालिकालाई सही गलत सिकाउने, सभ्य बनाउने ज्ञान स्वस्थानीको कथामा समावेश छ,’ उनले भने, ‘अझ स्वस्थानी पुस्तकमा भएका परिस्कृत भाषाको अनुच्छेद वाचन कलामा समेत यसले सघाउ पु-याउँछ ।’

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चुडामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
पोखराको ६० प्रतिशत मतगणना, मेयरमा समाजवादी अग्रस्थानमै