अब काठमाडौं प्रशासनको सेवामा टाइम कार्ड

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउन आजदेखि विभिन्न सेवा प्रवाहमा ‘समय कार्ड’ लागू गरेको छ । यस्तै गुनासो सुन्न प्रजिअ आफैँ सक्रिय हुनुहुनेछ भने ६५ वर्षमाथिका नागरिकलाई सेवा दिन सहयोगी खटाउन थालिएको छ । अन्य अशक्त, दूधे बालक बोकेका महिलालगायतलाई भने लाइनमा नराखी सेवा प्रवाह गर्ने व्यवस्था पनि मिलाइएको छ ।

यसले प्रशासनको सेवा प्रवाहलाई चुस्त बनाउने र नागरिकको सेवा प्रवाह प्रभावकारी हुने विश्वास रहेको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए ।

कार्यालयबाट उपलब्ध हुने विभिन्न १० वटा सेवा प्रवाहका लागि समय तोकिएको र चारवटा सेवामा भने आजैदेखि समय कार्ड लागू भएको छ । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार नयाँ नागरिकता, सङ्घसंस्थाको नवीकरण, नाबालाक प्रमाणपत्र प्राप्ति र मुद्दाको पेशी तथा तारिखमा समय कार्ड लागू गरिएको छ ।

प्रजिअले गुनासो सुन्ने, सहयोगीमार्फत ६५ वर्ष माथिकालाई सेवा

उनले नागरिकताका लागि एक घण्टा, संस्था नवीकरणका लागि ३० मिनेट, नाबालक प्रमाणपत्र प्राप्तिका लागि एक घण्टा र मुद्दाको पेशी र तारिखमा ३० मिनेटभित्र सेवा प्रवाह गर्ने गरी समय कार्य तोकिएको जानकारी दिए ।

नयाँ नागरिकतामा मात्रै समय कार्ड लागू भएको तर प्रतिलिपि लिनका लागि भने लागू भएको छैन । कसैले आफ्नो नागकिरता बनाउनुप-यो भने आवश्यक कागजपत्र लिएर प्रशासन गएर बुझाएपछि फाँटका कर्मचारीले हेरेर कागजात पुग्यो भनेको एक घण्टाभित्रमा नागरिकता दिने गरी टाइम कार्ड लागू गरिएको जनाइएको छ ।

तयार भएको राष्ट्रिय परिचयपत्र वितरणमा व्यक्ति सम्बन्धित फाँटमा आएर सम्पर्क गरिसकेपछि ३० मिनेटभित्रमा कार्ड प्राप्त गर्न सक्नेछन् । तयार भएको राहदानी वितरणमा सम्बन्धित फाँटमा पुगेपछि १५ मिनेटभित्रमा दिने गरी समय तोकिएको छ । अन्य सेवामा पनि समय तोकिइसकेको र निकट भविष्यमै लागू गर्दै जाने काठमाडौँ प्रशासनले जनाएको छ ।

मुख्यतः संस्था नवीकरण, नागरिकता प्राप्ति, नाबालिग परिचयपत्र, मुद्दा पेशी तोक्ने, मुद्दाको तारिख, प्रिन्ट भएर आएका राहदानी वितरण, राष्ट्रिय परिचयपत्र कार्ड वितरण, जिल्ला प्रशासनले गर्ने विभिन्न सिफारिसलाई समयबद्ध बनाइएको हो । अनुसन्धान सकिएपछि मुद्दाको अन्तिम किनारा ६० दिनभित्रमा सक्ने गरी टाइम कार्ड बनाइएको छ ।

प्रजिअले गुनासो सुन्ने
प्रशासनबाट प्राप्त हुने यस्ता सेवाहरूमा गुनासो भएमा प्रजिअले शुक्रबारबाहेक अन्य बार ३ देखि ४ बजेसम्म गुनासो सुन्ने गरी आवश्यक व्यवस्थापन पनि गरिएको छ । आएका गुनासोलाई सुन्ने र त्यसलाई सम्बोधन गर्नेगरी प्रजिअलाई नै तोकिएको छ ।

यसका साथै अशक्त, दूधे बच्चासहितको महिलालाई पालो (क्यू)मा नराखी सिधा सेवा दिने तथा ६५ वर्षमाथि उमेर भएकाको हकमा प्रशासन कार्यालयले नै सहयोगी राखेर सेवा दिने व्यवस्था पनि मिलाइएको काठमाडौँका प्रजिअ उपाध्यायले जानकारी दिए ।

उनले विगत लामो समयदेखिएको प्रयासमा राष्ट्रिय परिचयपत्र तथा नागरिकताको लाइन लाग्ने अवस्था हटेको जानकारी दिँदै अझै प्रभावकारी सेवा वितरण गर्नका लागि आवश्यक सुधार गर्दै लगिने बताए । उनले परिचयपत्र र राहदानी वितरणमा अझै केही समस्या कायमै रहेको पनि बताए ।

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लामिछानेको सांसद पद नरहने पाँच कारण

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
देशकै पहिलो निर्वाचित गाउँपालिका अध्यक्ष घलेको के छ योजना ?