कृषि विकास बैंकद्वारा ल्याब सञ्चालनका लागि पाँच लाख हस्तान्तरण

काठमाडाैं । कृषि विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत ललितपूर वडा नं. १० टोल सुधार समिती कोपुण्डोललाई स्वास्थ्य ल्याव संचालनार्थ नगद ५ लाख रूपैयाँ हस्तान्तरण गरेकाे छ ।

कार्यक्रममा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुबेदी, निवर्तमान प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, शाखा संचालन तथा बजार विभागका प्रमुख मिनराज पोखरेल, मुख्य शाखा लगनखेलका प्रबन्धक नारायण आचार्य,कोपुण्डोल शाखाका प्रबन्धक प्रमोद कुमार ढकालकाे उपस्थिती थियाे ।

कार्यक्रममा टोल सुधार समितिका अध्यक्ष मथुरा विष्ट, वडा नं. १० का वडा अध्यक्ष रविन व्यञ्जनकारको उपीस्थती रहेको थियो । सो कार्यक्रमा बैंकका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुबेदी तथा निवर्तमान प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले आफ्नो मन्तव्य राखेका थिए ।

वडा नं. १० का वडा अध्यक्ष रविन व्यञ्जनकार टोल सुधार समिति तथा स्वास्थ्य समिति अध्यक्ष मथुरा विष्ट, समाजसेवी तथा स्वास्थ्य समिति उपाध्यक्ष अमर अमात्यले आफ्नो धारणा व्यक्त गरेका थिए । सो कार्यक्रममा कृषि विकास बैंक लिमिटेडले सामाजिक सामुदायिक कार्यक्रम मार्फत देश भरिनै शिक्ष स्वास्थ्य खानेपानी सरसफाई लगायतका क्षेत्रमा सहयोग मार्फत जनसमुदायको सरोकारको हितमा हातेमालो गर्दै आइरहेको जानकारी गराइएको थियो ।

१०नंं. वडाका अध्यक्ष रविन व्यञ्जनकारले वडाको प्रमुख दायीत्व शिक्षा र स्वास्थ्य भएकोले सो क्षेत्रमा प्राथमिकताका साथ कार्य गर्दै जाने जानकारी गराएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 468 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरामा नयाँ समीकरणः उपमेयरमा एमालेकी गुरुङको अग्रता बढ्यो