गृहमन्त्रीले हटाए अगुवापछुवा गाडी

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो सुरक्षार्थ खटिने अगुवापछुवा गाडी हटाएका छन् । गृहमन्त्री लामिछानेले ‘आफूमात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिक अपेक्षा पूरा नहुने’ बताउँदै आफ्नो अगुवापछुवामा हुने सुरक्षा टोली हटाएका हुन् ।

गृहमन्त्रीको सुरक्षामा प्रहरी निरीक्षकको नेतृत्वमा हुने टोलीलाई पनि घटाएर उनले प्रहरी नायब निरीक्षक (सई)को नेतृत्वको सुरक्षाकर्मी राख्दै आएका छन् ।

‘उपप्रधानमन्त्री तथा गृहमन्त्रीको सवारी क्रममा रहने अगुवापछुवा सुरक्षाकर्मीसहितको गाडी हटाएर मैले आजैबाट अगाडि एउटामात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको छु । भैपरि आउदाको परिस्थितिलाई अपवाद मानिदिनुहोला,’ शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले स्पष्ट पारेका छन् ।

उनले आफू सधैं ट्राफिक बत्तीमा लाइन बसेर नै यात्रा गर्ने जनाएका छन् । ‘सडक लेन अनुशासन पूर्ण पालना गर्ने गराउनेमा प्रतिबद्ध छु । कुनै अकाट्य परिस्थिति आइपर्दाबाहेक म आङ्खनो कार्यकालभर नै यी नियम पालना गर्छु,’ उनले भनेका छन् ।

साइरन बजाएर नागरिकलाई उछिन्दै हिँड्ने प्रवृत्तिको आलोचक भएको बताउँदै लामिछानेले आकस्मिक अवस्थाबाहेक आफूबाट त्यस्तो गतिविधि नहुने जानकारी गराएका छन् ।

व्यक्तिगत कामका लागि कतै जानु परे वा बिदाका दिन हिँड्नुपरे निजी सवारीसाधन प्रयोग गर्ने उनले बताएका छन् । ‘यदि कुनै अवस्थामा सरकारी सवारीसाधन प्रयोग गर्नुपरेमा त्यसको हिसाब राज्यलाई बुझाउने छु,’ उनले भनेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 1,032 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

म कहाँको नागरिक हुँ र कसलाई प्रश्न गर्नु भएको हो थाहा छैन : रबि लामिछाने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
यस्ताे छ भरतपुरकाे ताजा अपडेट, रेणुकाे अग्रता कायमै