एकै परिवारका सात जनाको हत्यापछि आत्महत्या

लस एन्जलस । श्रीमतीले सम्बन्धविच्छेदको लागि निवेदन दिएपछि एक व्यक्तिले पाँच बच्चासहित सात जनाको परिवारको गोली हानी हत्यापछि आत्महत्या गरका छन् ।

एनोक शहरको सानो उटाह बस्तीमा पुलिसले आठ जनाको शव फेला पारेका थिए । मारिनेमध्य एक चारवर्षीय बालक पनि थिए । मारिने सबैलाई गोली प्रहार भएको प्रहरीले जनाएको छ । 

‘संदिग्ध व्यक्तिले घरमा अन्य सात जनालाई मारेर आफ्नो ज्यान लिएको थियो,’ सहरको एक विज्ञप्तिमा भनिएको छ ।आक्रमणकारी ४२ वर्षीय माइकल हाइट रहेको जनाइएको छ ।

मृत्यु हुनेमा उनकी श्रीमती, सासु, र दम्पतीका पाँच सन्तान छन् । सन्तानहरुमा चार देखि १७ वर्षका तीन छोरी र दुई छोरा थिए ।

एनोक मेयर जेफ्री चेस्नटले स्पष्ट रूपमा वैवाहिक विच्छेदपछि गोलीबारी भएको बताए । प्रहरीले घटना’bout थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 291 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भारत–पाकिस्तानलाई हामीले नलड्न सुझाव दियौंः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरको ३ पालिका र ४८ वडाको नतिजा सार्वजनिक (सूचीसहित)