कार्यकाल सकिदै गर्दा बागमतीका मन्त्रीहरुलाई समिक्षाको चटारो

चुरे/मकवानपुर । बागमती प्रदेश प्रमुख यादबचन्द्र शर्माले पुस २५ गते सरकार गठनको लागि दाबी पेश गर्न आह्वान गरेका छन् ।

कार्यकाल सकिदै गर्दा बागमतीका मन्त्रीहरूले आफ्नो नेतृत्वमा भएको काम पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्न भ्याइनभ्याइ छ ।
आइतबार एकै प्रदेशको मुख्यमन्त्री सहित ३ मन्त्रीहरूले पत्रकार सम्मेलन मार्फत आफ्नो कार्यकालको समिक्षा सार्वजनिक गरे । आफ्नो कार्यकालको समिक्षात्मक पत्रकार सम्मेलनमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो कार्यकालमा आधारभूत पाटोका धेरै राम्रो सुधारको काम भएको दाबि गरे । कृषिमा आत्म निर्भरताको लागि प्रदेश सरकारले विभिन्न योजनाहरु लागु गरेको उनले बताए ।

प्याज र लसुनमा आत्मनिर्भर बनाउनको लागि उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम गरिएको, कृषि बाली वस्तुको न्यूनतम समर्थन मूल्य तोक्न चितवन, धादिङ्ग र काभ्रेपलाञ्चोक जिल्लालाई पाइलट कार्यक्रमको रुपमा अघि बढाइएको मुख्यमन्त्री पाण्डेले बताए ।
यसैगरी पूर्वाधार विकास क्षेत्र अन्तरगत सडक निर्माण तथा बिस्तारमा रहेको अवरोध हटाउन सडक क्षेत्रमा पर्ने घर टहराको क्षतिपूर्ति निर्धारण कार्यविधि, २०७८ स्वीकृत गरी काममा तीव्रता दिइएको, अत्यावश्यक स्थानमा पूर्वाधार निर्माण गर्ने नीति अवलम्बन गर्ने क्रममा झोलुङ्गे पूल रणनीति, २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको, प्रदेशको सबै स्थानीय तहको केन्द्रसम्म पक्की सडकले जोड्ने नीति अन्तर्गत २० वटा स्थानीय तहका केन्द्र जोड्ने १४७ किमी सडक कालोपत्रे हुदै गरेको पाण्डेले बताए ।

सडक पूर्वाधार तर्फ कच्ची सडक १६० किमी ग्राभेल खण्डास्मिथ सडक २ सय किमि, कालोपत्रे सडक ११६ किमी ढलान सडक ७४ किमी र सडक पुल १९ वटा तथा झोलुङ्गे पुल, ट्रस ब्रिज ६ वटा सम्पन्न भएको पाण्डेले बताए ।

यसैगरी यही बिचमा भवन पूर्वाधार तर्फ नयाँ भवन निर्माण २१२ वटा, पार्क तथा अन्य संरचना निर्माण २६४ वटा, सरकारी भवन मर्मत ५७ वटा, जनता आवास इकाई निर्माण ६८८ वटा सम्पन्न भएका छन् ।

सुरक्षा संयन्त्रलाई प्रभावकारी बनाउन प्रदेश भित्र आर्थिक २०७८,०७९ मा थप २१ वटा प्रहरी इकाई भवन निर्माणाधीन रहेको साथै यस आवमा थप १४ वटा प्रहरी इकाई भवन निर्माण कार्य अगाडि बढाइएको बताइएको छ । प्रदेश राष्ट्रिय गौरवको योजनाको रुपमा प्रदेश चक्रपथ निर्माण कार्यका लागि बजेट व्यवस्था गरी निर्माण कार्य शुरुवात गरिएको छ ।

फुसको छानाको सट्टा जस्ताको छाना लगाउन अनुदान उपलब्ध गराई फुसको छाना उन्मुलन कार्यक्रमको शुरूवात भएको, बागमती प्रदेशको राजधानी हेटौंडाको प्रशासनिक भवनका लागि आवश्यक जग्गा पहिचान गरी जग्गा प्राप्तिकालागि नेपाल सरकार समक्ष अनुरोध गरी पठाइएको पाण्डेले बताए ।

प्रदेशमा विज्ञान तथा प्रविधिको विकास सम्बन्धी कार्यको लागि नीतिगत आधार तयार गर्न प्रदेश विज्ञान तथा प्रविधि, अनुसन्धान र नवप्रवर्तन नीति, २०७८ स्वीकृत गरी कार्यान्वयन ल्याइएको छ । सामुदायिक क्याम्पसको भौतिक तथा शैक्षिक पूर्वाधार विकास गर्न २३ वटा क्याम्पसहरुलाई २० लाखका दरले अनुदान उपलब्ध गराइएको बताइएको छ ।

यसैगरी बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ र स्वास्थ मन्त्री निमा लामाले पनि आजै पत्रकार सम्मेलन मार्फत आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गरे ।

संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठले आफ्नो कार्यकालमा धेरै राम्रा काम भएको र अब बन्ने सरकारले समेत मन्त्रालयले आगामी कार्यदिशको रुपमा तय गरेको योजनाहरुलाई कार्यान्वयनमा ल्याउनु पर्ने श्रेष्ठले बताए ।

आइतबार नै स्वास्थ मन्त्री निमा लामाले पनि आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्रमा धेरै सुधारोन्मुख कार्य भएको दाबि गरे । कोरोनाको महामारीको बेलामा आफ्ना नागरिको स्वास्थ्य बचावटको लागि गरेको काम नै मन्त्रालयको सबैभन्दा उत्कृष्ट काम रहेको मन्त्री लामाको दाबी छ । मन्त्री र सचिब स्तरबाट आफ्नो कार्यकाल सफल रहेको दाबि गरिरहदा आमसर्वसाधारणले भने सरकारले प्रदान गर्दै आएको सेवा प्रवाह अझै प्रभावकारी नभएकोले सुधार आवश्यक रहेको बताएका छन् ।

प्रविधिको युगमा समेत हरेक कार्यालयहरुमा व्यक्तिगत विवरणहरु दिंदै हिड्नुपर्ने, छिटो छरीतो काम नहुने गरेको युवा स्वास्थ्यकर्मी प्रमोद लामिछानेले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 51 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राष्ट्रपतिका लागि विश्वासको मत खोज्दै कांग्रेस

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
दैलेखकाे भगवतिमाईमा माओवादीका थापा अध्यक्षमा,उपाध्यक्ष काँग्रेसकी खड्का विजयी