मधेश प्रदेशमा जसपाले आज संसदीय दलको नेता छान्दै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को मधेश प्रदेश संसदीय दलको नेता चयन गर्न आज निर्वाचन हुँदैछ।

आज बिहान ९ देखि ११ बजेसम्म संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ। साँझ ५ देखि ६ बजेसम्म मतदान हुने जसपा संसदीय दलको निर्वाचन समितिका संयोजक लाल किशोर साहले बताए।

जसपा मधेश प्रदेशसभाको संसदीय दलका नेताका लागि मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोज यादव र नेता रामअशिष यादव प्रमुख दाबेदार छन्।

राउतको नाममा सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत दलका नेता चयन गर्न लागिएको हो। मधेश प्रदेशसभामा जनता समाजवादी पार्टीका १६ जना प्रदेशसभा सदस्य छन्।

तपाइको प्रतिक्रिया
(Visited 78 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अपराध काण्डमा तानिँदै सांसदः कोही पक्राउ, कोही फरार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
दुवै पदमा दोस्रो पटक आमने सामने