जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को मधेश प्रदेशको संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् । चुनाबी प्रकृयामा गएको वेला मुख्यमन्त्री लालवावु राउतले उम्मेदवारी फिर्ता लिएपछि यादव सर्वसम्मत भएका हुन् । यादवको पक्षमा उपेन्द्र यादव पनि रहेका थिए ।
मधेश प्रदेशको मुख्यमन्त्री जसपाको कोटामा परेकाले अगामी मुख्यमन्त्री सरोज यादव नै हुने समभावना रहेको छ ।
मधेश प्रदेश संसदीय दलको नेताका लागि नेपाली कांग्रेसमा मात्र चुनाव भएको छ ।
कांग्रेसको संसदीय दलमा यसअघि कृष्णप्रसाद यादव निर्वाचित भएका थिए भने जनमत पार्टीले महेश यादव र नेकपा एमालेले सरोज यादवलाई सर्वसम्मतबाट नै दलको नेता चयन गरेको छ । लोसपाको संसदीय दलको चुनाव हुन बाँकी रहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)