धनुषामा मापदण्ड विपरित दुई उद्योग सिल

जनकपुरधाम । धनुषामा मापदण्ड विपरीत सञ्चालित क्रसर र बालुवा वासिङ्ग उद्योगमा सिल गरिएको छ ।

संयुक्त अनुगमन समिति, धनुषाले मिथिला नगरपालिकामा संचालित २ वटा क्रसर उद्योग र ३ वटा बालुवा वासिङ्ग गरी ५ वटा उद्योग शिल गरेको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए ।

बर्दिवास नगरपालिका–१, महोत्तरी बस्ने मन्जु क्षेत्रीले धनुषाको मिथिला नगरपालिका–१० मा सञ्चालन गरेको धनेश्वर क्रसर उद्योग र श्रीपुर गाविस–३, महोत्तरी बस्ने विनोद साहले धनुषाको मिथिला नगरपालिका–९ मा सञ्चालन गरेको सुमित क्रसर उद्योगमा शिल गरिएको हो ।
महोत्तरीको सरपल्लो गाविस–४ बस्ने रामबाबु ठाकुर र धनुषाको बेंगाडावर बस्ने बेचन ठाकुर वरहीले संयुक्त रुपमा धनुषाको मिथिला नगरपालिका–१० मा सञ्चालन गरेको जय बजरंग बालुवा प्रशोधन उद्योग सिल गरिएको छ ।

त्यस्तै धनुषाको बेंगाडावर–६ बस्ने बिजय शर्माले मिथिला नगरपालिका–३, हरिहरपुरमा सञ्चालन गरेको औरही बाबा बालुवा प्रशोधन उद्योग र धनुषाको जनकपुर–१३ बस्ने शिवजी साह र जनकपुरधाम–२१ बस्ने महादेव साहले संयुक्त रुपमा धनुषाको मिथिला नगरपालिका–३ मा सञ्चालन गरेको जय शिव भोले बालुवा गिट्टी वासिङ्ग उद्योगमा सिल गरिएको छ ।

क्रसर उद्योगहरुले नवीकरण नगराएको, नदी नालाको छेउमै उद्योग सञ्चालन गरेको, मानव बस्तीमा असर पारेको एवं बालुवा वासिङ्ग उद्योगहरुले क्रसर उद्योग सरह बालुवा उत्खन्न लगायतका कार्य गर्ने गरेको भन्दै सिल गरिएको हो । नयाँ मापदण्ड अनुसार प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन पारित नगराएको लगायतका न्युनतम मापदण्ड समेत पालना नगरेको ठहर गर्दै तत्कालै कामकाज बन्द गर्ने गरी सिल गरिएको अनुगमन टोलीले जनाएको छ ।

धनुषामा ११ वटा क्रसर उद्योग र २१ वटा बालुवा वासिङ्ग उद्योग दर्ता भए पनि अधिकांश उद्योगले नवीकरण नगराएको तथा कुनै पनि क्रसर उद्योगले नवीकरण नगराएको घरेलु तथा साना उद्योग कार्यालय, धनुषाको तथ्यांकले देखाएको छ ।

गृह मन्त्रालयले केही दिन अघि ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई मापदण्ड विपरीत सञ्चालित क्रसर तथा बालुवा वासिङ्ग उद्योगलाई कारबाही गर्न गरेको पत्राचार अनुसार अनुगमन समितिले धनुषाले सक्रिय भएको छ । टोलीमा धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी, प्रहरी नायव उपरीक्षक प्रदिप कुमार क्षेत्री, घरेलुका अधिकारीहरु सहभागि थिए ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहमतीमा राष्ट्रपति छान्ने माओवादी निष्कर्ष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
निर्वाचन आयोगले प्रचण्डलाई सोध्यो २४ घण्टे स्पष्टीकरण