समग्र मूल्य नियन्त्रण गर

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि जनतामा अरू उपभोग्य सामानमा पनि मूल्य घट्ने हो कि भन्ने आशा बढेर गएको छ । नयाँ सरकार निर्माण भएपछि जनतालाई राहतको अनुभूति दिने भन्ने सरकारको घोषणालाई अगाडि बढाएको हो कि भन्ने जनताको अपेक्षा छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि आयलनिगम सञ्चालक समितिले आइतबार राति १२ बजेदेखि नै लागू हुनेगरी इन्धनको मूल्य डिजेल र पेट्रोलमा प्रतिलिटर ३÷३ रुपैयाँका दरले घटाएको छ । सर्वसाधारणको उपभोगका लागि केही रुपैयाँ मूल्य घटाउँदा निगमले हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर १९० रुपैयाँबाट १७० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर १ दशमलव ६५४ डलरबाट घटाएर १ दशमलव ४२० डलरमा झारेको छ । यसले पनि हवाइयात्रा गर्ने यात्रुमा सुविधा पु¥याउने भएको छ । एलपी ग्यासको मूल्यमा कमी नआएकाले उपभोक्ताको सरकारप्रतिको गुनासो भने कायमै छ । यसका लागि पनि सरकारले पहल गर्नुपर्ने र सर्वसाधरणको काँधमाथि आइपरेको महँगीको भारमा कमी ल्याउन प्रयास थालिनुपर्ने आवाज प्रवल बन्दै गइरहेको छ ।

अहिले पनि अन्य उपभोग्य सामानमा बढ्दो महँगीका कारण जनताको दैनिक गुजारा निकै कष्टदायक बनिरहेको छ । बजार अनियन्त्रित र छाडा हुँदै गइरहेको छ । निर्वाचन ताका राजनीतिक दलले उद्योगी व्यवसायीबाट अनावश्यक आर्थिक सहयोग र चन्दा उठाउने गरेकाले पनि बजार नियन्त्रणमाथि सरकारको पहुँच र क्षमता गुमेको भन्ने आरोप असत्यताबाट त्यति टाढा भने छैन । स्थानीय निर्वाचन सकिएलगत्तै संघीय तथा प्रादेशिक आवधिक निर्वाचन भर्खरै सम्पन्न भएको छ । उद्योगी व्यवसायीले कबोल गरेअनुसार रकम उठ्तीभएको छ छैन, तर सबै उपभोग्य सामानमा आकासिएको महँगीका कारण जनताको स्थिति दैनन्दिन दयनीय बन्दै गइरहेको छ । यसले पनि वर्तमान सरकारलाई जनताले नजिकबाट नियालिरहेका छन् । विगतको देउवा सरकारको गतिहीनता, सुस्तता र वेपर्वाहका कारण जनता सरकारप्रति आशा र भरोसा गर्न छाडिसकेका थिए । अहिले पनि नेपाली कांग्रेसको सरकार बन्ने र देउवा नै प्रधानमन्त्री बन्ने छाँट देखिएपछि जनतामा निस्क्रियता छाएको थियो । तर, यहीबीच अर्को सरकार बन्न जाँदा केही सुधार पो हुने हो कि भन्ने जनतामा आशा पलाउन गएको छ । जनताको यो आशालाई वामपन्थीको नेतृत्वमा रहेको सरकारले कुनै पनि हालतमा कमजोर बनाउनुहँुदैन ।

वर्तमान सरकारले पनि देश र जनताका लागि केही न केही सुधारका कामहरू गरेर देखाउनुपर्छ । यसले निवर्तमान प्रधानमन्त्री देउवाको जस्तो बेवास्तापूर्वक निरसपूर्ण तरिकाले सरकार र प्रशासन चलाउन थाल्ने हो भने भिन्न सरकार बनेको अनुभूति जनतामा हुने देखिँदैन । यसका लागि वर्तमान सरकारले सिंगो देश र जनतामा प्रत्यक्ष अनुभूत हुनेगरी केही न केही सुधारका काम, त्यसमा पनि समग्रमा, गर्न प्रयत्न गर्नैपर्छ । यसका लागि जनताको जनजीविकालाई प्राथमितामा राखेर उपभोग्य सामानमा आकासिँदै गइरहेको महँगी नियन्त्रणसहित शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा नयाँपन दिन सक्नैपर्छ । त्यसैले प्रारम्भमा महँगी नियन्त्रण गर्दै अन्य जनपक्षीय कार्यक्रम अघि बढाऊ !

तपाइको प्रतिक्रिया
(Visited 115 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

२५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
संखुवासभामा एमाले भन्दा गठबन्धन अगाडी