सेयर बजार २१ अंकले घट्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार घटेको छ । नेप्से परिसूचकमा २१.३५ अंकले ओरालो लागेर २१९०.४२ विन्दुमा आएर रोकिएको छ । 

सोमबार सेयर बजार ४६.७६ अंकले उकाले लागेको थियो र ५ अर्ब बढीको कारोबार अर्ब बढीको कारोबार सेयर कारोबार भएको थियो । 

साथैै, मंगलबार २५४ कम्पनीको कारोबार हुँदा २ करोड ८ लाख ४३ हजार ९२५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब भन्दा बढीको सेयर कारोबार भएको छ । 

यस्तै,आज नगदी ग्रुप पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको २१ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । साथै दोश्रोमा एपीआइ पावर कम्पनीको २० करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।
यता, आज बाराही हाइड्रोपावरको १० प्रतिशतले मूल्य वृद्धि भएको हो ।  

यस्तै, कुल १७३ कम्पनीमा उकलो लागेको छ भने ३१ कम्पनीमा ओरालो लागेको छ । ६ कम्पनी भने स्थीर रहेको छ ।  

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राष्ट्रपति कसलाई बनाउने भन्नेमा प्रधानमन्त्री र ओलीबीच छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
रुपन्देहीमा कांग्रेस सबै भन्दा बलियो, बुटवलमा लालकिल्ला तोडियो