कानुन बनाएर रेशम चौधरीसहितलाई जेलमुक्त गरिनेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन बनाएर रेशम चौधरीसहितलाई जेलमुक्त गरिने बताएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभामा आफूले राखेको विश्वासको मतको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले पूर्ववर्ती सरकारले गरेका सम्झौता र सहमतिअनुुसार देशका विभिन्न स्थानमा भएका राजनीतिक संघर्षका क्रममा पक्राउ परेका वा जेल परेकालाई कानुन बनाएर रिहा गर्ने बताएका हुन् । 

रेशम चौधरी अन्यायमा परेको आफूले बताउँदै आएको स्मरण गराउँदै उनले चौधरीसहितलाई रिहा गर्न चाँडै विधेयक ल्याएर ऐन बनाउने जानकारी दिए । चाैधरीकी श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष रहेकाे नागरिक उन्मुक्ति पार्टीले ससर्त प्रधानमन्त्रीलाई विश्वासकाे मत दिने बताएकी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहमतीमा राष्ट्रपति छान्ने माओवादी निष्कर्ष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
हरिकृष्ण व्यञ्जनकारको प्रतिबद्धता : सम्पदा संरक्षणदेखि चिल्ला सडकसम्म