सुरक्षा निकायलाई मोटरसाइकल हस्तान्तरण

नकपुरधाम । मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयले मधेश प्रदेशका ८ जिल्लामा रहेका सुरक्षा निकायहरूलाई २४ थान मोटरसाइकल हस्तान्तरण गरेको छ ।

मन्त्रालयले चालु आर्थिक वर्षको ६४ लाखमा खरिद गरेका मोटरसाइकल नेपाल प्रहरीका विभिन्न जिल्लाका प्रहरी चौकी, सशस्त्र प्रहरीका विभिन्न पोष्ट तथा जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले हस्तान्तरण गरे ।
मोटरसाइकल हस्तान्तरण गर्दै गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले शान्ति सुरक्षा, विपत व्यवस्थापन तथा सहिद परिवार एवं घाइतेहरूलाई राहतसहितको कामकाज मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको बताए ।

समारोहमा मधेश प्रदेशका गृह तथा सञ्चार राज्यमन्त्री रुवी कुमारी कर्णले प्रहरीले पाएको सवारी साधनबाट शान्ति, सुरक्षा तथा जनताको जीउ धनको रक्षा गर्न मद्दत पुग्ने धारणा राखे ।

मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतो, मटिहानी नगरपालिकाका नगर प्रमुख हरि मण्डल, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक मसाउद खान, सशस्त्र प्रहरीका नायव महानिरीक्षक गणेश ठारा मगरले मन्त्रालयबाट प्राप्त भएको सवारी साधनबाट प्रहरीलाई गस्ती गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अपराध काण्डमा तानिँदै सांसदः कोही पक्राउ, कोही फरार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
बर्दगोरिया अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी विजयी