Thursday, June 24, 2021
Home Uncategorized अफवाह फैलाउने सामग्री सम्प्रेषण भएमा उजुरी गर्नुहोस् : प्रेस काउन्सिल

अफवाह फैलाउने सामग्री सम्प्रेषण भएमा उजुरी गर्नुहोस् : प्रेस काउन्सिल

,

काठमाडौं । प्रेस काउन्सिल नेपालले कोभिड–१९ बारे भ्रम र उत्तेजना फैलाने सामग्री प्रकाशन/प्रसारण नगर्न आमसञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ । काउन्सिल बोर्ड र सचिवालयको संयुक्त बैठकले कोरोना भाइरसबाट अधिकांश देश आक्रान्त बनिरहेका अवस्थामा केही मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्ताबाट हल्ला र अनुमानका आधारमा लापरवाहीपूर्वक तथ्यहीन सूचना सम्प्रेषण हुने गरेको पाइएकाले त्यसो नगर्न अनुरोध गरेको हो ।

काउन्सिलले जिम्मेवार सञ्चारकर्मी र सञ्चारमाध्यमबाट सम्प्रेषण भएमा तत्काल काउन्सिलमा उजूरी गर्न पनि आग्रह गरेको छ । काउन्सिलले नेपाल पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को ५ को दफा १४ को ‘पत्रकार तथा सञ्चारमाध्यमले व्यक्तिको स्वास्थ्य, महामारीलगायत जनस्वास्थ्यसँग सरोकार रहने विषयसम्बन्धी सामग्री पाठक, स्रोता वा दर्शकमा उत्तेजना वा निराशा उत्पन्न हुने गरी अतिरञ्जित तवरमा कोही, कसैका बारेमा पनि सम्प्रेषण गर्नुहुँदैन’ भन्ने प्रावधानको ख्याल गरी सूचना र समाचार सम्प्रेषण प्रवाह गर्न पत्रकार, सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई अनुरोध गरेको हो ।

“संयमित हुनुपर्ने गम्भीर समयमा समाजका कतिपय जिम्मेवारी व्यक्तिले आममानिसलाई नै आतङ्कित र तरङ्गित बनाउने गरी केही मिडियामार्फत अफवाह फैलाइरहेको देखिन्छ, प्रेस काउन्सिल नेपाल गलत सूचना, समाचार सम्प्रेषण नगर्न यस्ता मिडियालाई निर्देशन दिन चाहन्छ”, काउन्सिलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

काउन्सिलले सूचीकरणका लागि निवेदन फाराम लिने र पत्रपत्रिका वर्गीकरणको प्रमाणपत्र वितरण गर्ने कार्य तत्कालका लागि बन्द गर्ने भएको छ । काउन्सिल पत्रकार आचारसंहिता बनाई देशभरका सञ्चारमाध्यम र पत्रकारको अनुगमन गर्ने राज्यको एकमात्र जिम्मेवार स्वायत्त संस्था हो । काउन्सिलले कुनै पत्रकार, मिडिया र गलत सूचना, समाचार सम्प्रेषण गर्नेका विरुद्ध अनलाइनमार्फत उजूरी सुन्ने गर्दै आएको छ ।

(Visited 95 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्राविधिक काम गर्दा अपनाउनुपर्ने सुरक्षा

कुनै पनि नसोचेको घटनाबाट पहिल्यै सतर्क भएर बाँच्ने अवस्थालाई सुरक्षा भनिन्छ । सुरक्षित हुनलाई हामीले विभिन्न कुरामा पहिल्यै विचार गरेर कार्य गर्नुपर्छ । त्यसैले...

घर आउँदै गरेकी किशोरीलाई लछारपछार पारी बलात्कार गर्ने पक्राउ

  दल्लु ।  जबर्जस्ती बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बलात्कार गरेको आरोपमा गुराँस गाउँपालिका–३ का ३६ वर्षीय भद्रबहादुर बुढालाई...

मेलम्ची खानेपानी आयोजनामा एक अर्बको क्षति, वर्षा नसकिउन्जेल पानी नआउने

  काठमाडाैं ।  निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा र एक अर्ब रूपैयाँ भन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र...

प्रधानमन्त्री ओलीले आफूनिकट नेतासँग छलफल गर्दै

काठमाडौं । पछिल्लो पटक विस्तार गरेको मन्त्रिपरिषद्लाई सर्वोच्च अदालतले खारेज गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट नेताहरुसँग छलफल गर्दैछन् । पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न...

बलिउडमा कोरस डान्सरबाट बनेका अभिनेता अभिनेत्री

मुम्बई । बलिउडमा यस्ता स्टार कलाकार पनि छन् । जसले एक समय फिल्मको गीतमा कोरसका रूपमा काम गरेका थिए । जसमध्ये गत वर्ष निधन...

साताका लोकप्रिय समाचार

इटाली दुर्लभ कीर्तिमान नजिक

रोम । युरोपेली च्याम्पियनसिपअन्तर्गत इटालीले समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० ले हराएपछि दुर्लभ कीर्तिमान नजिक पुगेको छ । इटालीले वेल्सविरुद्ध दोस्रो रोजाइको टोली...

२४२१ मा काेराेना संक्रमण पुष्टि ५२ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा २४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४६१ पीसीआर परीक्षणमा १५११ र...

‘५४ दिनको निषेधाज्ञाले ४ खर्ब ३२ अर्बको क्षति’

काठमाडौं । निजी क्षेत्रका व्यवसायीले नयाँ भेरियन्टसहित तीव्र रूपले दोस्रो चरणमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै सरकारले गत १६ वैशाखदेखि सोमबार ५४औं...

ट्रेन्डिङ

संक्रमण बढेपछि थप कडाइ

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको भन्दै पुनः होटल तथा रेस्टुरेस्ट बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले...

अबैध लागुऔषध ओसारपसारमा संलग्न ८ जना पक्राउ

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले बिभिन्न नाकाबाट लागुऔषध भित्र्याउँदै गरेको अबस्थामा ८ जनालाई पक्राउ गरेको छ । सप्तरीको फत्तेपुरबाट लागु प्रतिबन्धित लागुऔषध ल्याएर...

चन्द्रागिरी हिल्सको आइपीओ खुल्यो

काठमाडौं । चन्द्रागिरी हिल्सको शुक्रबारदेखी सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ । कम्पनीले १०० रुपैयाँ दरमा १५ करोड ३४ लाख ९ हजार १००...

महामारीविरुद्ध सामूहिक सहकार्य आवश्यक

कोरोना महामारीले अब मध्य चरण पार गरिसकेको देखिन्छ । हामीले अपनाएका प्रारम्भिक रोकथामका उपायहरूले मात्र यसलाई नियन्त्रण गर्न सकिने देखिँदैन । स्थानिक विशेषताअनुसार पनि...

किशोरी बलात्कार गर्ने पक्राउ

काठमाडौं । १९ वर्षीया युवतिलाई बलात्कार गरेको अभियोगमा भक्तपुर नगरपालिका–१० कमलबिनायक बस्ने ३१ वर्षीय बिकास तजलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार दिउँसो एक्लै भएको...

नाइजेरियाको जेलबाट १८ सय भन्दा बढी कैदी फरार

नाइजेरियाको जेलबाट १८ सय भन्दा बढी कैदीबनदी फरार भएका छन् । बन्दुकधारीहरूको आक्रमणपछि नाइजेरियाको एउटा जेलमा रहेका कैदीमध्ये १८०० भन्दा बढी कैदीहरू भाग्न सफल...

तनहुँमा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०० पुग्यो

तनहुँ । तनहुँमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमितहरुको संख्या १ सय पुगेको छ । तनहुँको म्याग्दे गाउँपालिकाका ७...

कालिकोटमा रैथाने बिउ विकास बैंकको स्थापना

कालिकोट । कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकाले कर्णालीमै पहिलो पटक रैथाने बालिमा प्रर्वदनका लागि सामुदायिक विउ विकास वैंक स्थापना गरेको छ । लोप हुदै गइरहेको...

टेलिकमलाई गुणस्तरीय सेवा प्रवाह गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गुणस्तरीय, सस्तो र भरपर्दो सेवा प्रवाह गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । सरकारका प्रवक्ता समेत रहनु...

७२ घन्टाका लागि काँकडभिट्टा र भद्रपुर नाका सिल

झापा । भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि आज बिहान ६ बजेदेखि सिल गरिएको छ । पश्चिम बङ्गालमा यही...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)