कांग्रेस देखावटी प्रतिपक्ष !

काठमाडौं । सत्ताबाहिरै रहेर प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको नेपाली कांग्रेस संसद्मा ‘देखावटी प्रतिपक्ष’का रूपमा सीमित हुने देखिएको छ ।

कांग्रेसले मंगलबार बिहान बसेको कार्यसम्पादन समिति बैठकमार्फत् प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेस“गै प्रतिनिधिसभामा प्रचण्डका पक्षमा मतदान गरेको थियो ।

सरकारमा जाँदैनौं : देउवा

प्रतिनिधिसभामा विश्वासको मतमाथिको छलफलमा सहभागी हुँदै कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारमा सहभागी नहुने तर प्रतिपक्षीको भूमिका दह्रो रूपमा निर्वाह गर्ने दाबी गरेका थिए । तर, उनको दाबी संघीय संसद् पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ ले चिन्दैन अर्थात् कांग्रेसलाई प्रतिपक्षी मान्दैन ।

‘नेपाली कांग्रेस प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनेछैन, हामी प्रतिपक्षी भूमिकामा बस्नेछौं,’ सम्बोधनका क्रममा देउवाले भने । सोहीक्रममा देउवाले ‘राष्ट्रिय महत्वका विषयमा राजनीतिक दलबीच संवाद, सहमति र सहकार्य हुनुपर्नेमा आफू विश्वस्त रहेको’ भन्दै ‘प्रधानमन्त्रीका रूपमा प्रचण्डलाई विश्वासको मत दिने बताएका थिए ।

देउवाले गुण र दोषका आधारमा सरकारको मूल्यांकन गर्ने भन्दै संसद्मा सशक्त विपक्षी नहुँदा नियन्त्रण र सन्तुलन कमजोर हुने भएकाले कांग्रेस रचनात्मक विपक्षीको भूमिकामा रहने दाबी गरे ।

‘सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति पूर्णरूपले जवाफदेही बनाउनका लागि संसद्मा एक जिम्मेवार र सशक्त विपक्षी दलको उपस्थिति आवश्यक हुन्छ, प्रभावकारी विपक्षीको अभावमा सरकार निरकूंश हुन जाने, स्वेच्छाचारी नीति कानुन बन्नसक्ने सत्तापक्ष आफ्नो कर्तव्यबाट बिमुख हुने शक्ति पृथकीकरण र सन्तुलन कमजोर हुने सम्भावना रहन्छ,’ कांग्रेस सभापति देउवाले भने, ‘संसद् आफैं पनि देश र जनताको बृहत्तर हितमा काम गर्न सक्ने जनउत्तरदायी संस्थाका रूपमा नरहन सक्दछ, त्यस कारण हामीले बहुलवाद र बहुदलीयतासहितको प्रतिस्पर्धात्मक संसदीय व्यवस्था रोजेका हौं ।’

तर, संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ मा उल्लेख भएनुसार मन्त्रिपरिषद् गठन गर्ने वा मन्त्रिपरिषद् गठन गर्न समर्थन गर्ने दलबाहेक प्रतिनिधिसभा वा राष्ट्रिय सभामा १० प्रतिशत वा सोभन्दा बढी सदस्य भएको दलमध्ये सबैभन्दा बढी सदस्य भएको दललाई विपक्षी दल मानेको छ । ऐनको दफा २(१) मा सो व्यवस्था’bout उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
सबै जनता कार चढ्न सक्दैनन्, अटोलाई व्यवस्थित गर्छु : विजय सुवेदी