गाउँसभामा खाजाः कोदाको पिठाे र टिमुरको चटनी

गुल्मी । आजकाल नास्ताको रुपमा प्रायजसो मासु चिउरा प्रयोग गरिन्छ । अझ भनौ सरकारी वा गैरसरकारी कार्यालयहरुले मासु-चिउरा नभए मम, झोल मम, चाउचाउ, चिकन चाउमिन, चाउमिन लगायतका नास्ता प्रयोग गर्दछन् ।

तर जिल्लाको मालिका गाउँपालिकाले भने गाउँसभामा खाजाको रुपमा कोदाको पिठाे, टिमुरको चटनी, सागको तरकारी र मही प्रयोग गरेको छ । हिजो मंगरबार सम्पन्न गाउँपालिकाको सभामा प्रयोग गरिएका खाजाका सबै प्रकार स्थानीय उत्पादन गरिएका हुन् ।

‘यसभन्दा अगाडी मासु–चिउरा प्रयोग गर्दै आएकोमा अहिले बदलेका छौँ ।’ पालिका अध्यक्ष देविराम अर्यालले भने, ‘खर्चको हिसाबले पनि धेरै कम हुँदोरहेछ ।’ कोदाको पिठाेमा क्याल्सियम, आइरन, फाइबर, टिमुरमा जडिबुटीजन्य पौष्टिक तत्व लगायत शरिरलाई आवश्यक पौष्टिक तत्व स्थानीय स्तरमा उत्पादित सामग्रीमा पाइने स्वास्थ्य संयोजक बसन्त भुसालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 376 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
४४ संस्थाका १० हजार पर्यवेक्षकलाई अनुगमन अनुमति