नेपाल समाचारपत्रको वार्षिकोत्सवमा स्वास्थ्य शिविर

काठमाडौं । कामना न्युज पब्लिकेसन्स्को ३९औं तथा नेपाल समाचारपत्र राष्ट्रिय दैनिकको २८औं वार्षिकोत्सवका अवसरमा निःशुल्क बृहत् स्वास्थ्य शिविर गरिएको छ । काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा मंगलबार सम्पन्न शिविरमा १ हजार ३ सयभन्दा बढीले निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् ।

कामना न्यूज पब्लिकेसन्स् प्रालिको आयोजना, नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखा र द रोलिङ स्टोन्स् स्कुलको सहआयोजनामा भीमेस्थानस्थित केन्द्रीय कार्यालयमा आयोजित शिविरमा कामनाकर्मी, द रोलिङ स्टोन्स् स्कुलका विद्यार्थी तथा अभिभावकलगायत सहभागी थिए ।

शिविरमा सहभागीलाई विशेषज्ञबाट आँखा, नाककान, घाँटी, छाला, हाडजोर्नी तथा नसा, स्त्रीरोग, दाँत, बालरोग, साधारण शल्यक्रिया, साधारण स्वास्थ्य परीक्षण, ईसीजी, भिडियो एक्स–रे, ल्याब परीक्षण सेवा प्रदान गरिएको छ ।

शिविर आयोजना समिति संयोजक तथा कामना न्युज पब्लिकेसन्स् प्रालिका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न गतविधि गर्दै आएको अवगत गराए ।

नेपाल समाचारपत्र दैनिकका सम्पादक कपिल काफ्लेले शिविर सञ्चालनका सहयोगी हातप्रति आभार प्रकट गर्दैै आगामी दिन सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

काठमाडौं मेडिकल कलेजका बजार व्यवस्थापक प्रेम सुवालले शिविरमा सहभागीको समस्या पत्ता लागेको जानकारी दिँदै थप उपचारका लागि केएमसी अस्पतालमा आएमा शल्कक्रियातर्फ ५० र अन्य परीक्षणमा २५ प्रतिशत एक वर्षसम्म छुट दिइने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
भरतपुर मेयरमा रेनु दाहाल २३३८ मतले अगाडि