जनता समाजवादी पार्टी (जसपा) नेपालको संगठन विभागले पार्टी समितिमा आवद्ध सदस्यहरु, जनसंगठन र क्रियाशिल सदस्यहरुको अभिलेख माग गर्ने भएको छ । विभागले सदस्यहरुलाई जिम्मेवारी तोकेरै आफ्नो काम अगाडि बढाएको छ ।
विभागले जिम्मेवारीको बाँडफाँड यसरी गरेको छ ।
प्रदेश नं १ – खगेन्द्र माखिम
मधेश प्रदेश – कैलाशप्रसाद यादव, अशेश्वर यादव, किरणकुमारी राय र भरतबहादुर खड्का
बागमती प्रदेश – विद्युत बज्राचार्य
गण्डकी प्रदेश – धनप्रसाद तामाङ
लुम्बिनी प्रदेश –अशोक कुमार यादव, मञ्जु अन्सारी, बोम दर्लामी मगर
राष्टिय समितिहरु – लाक्पा शेर्पा, खगेन्द्र माखिम, बोम दर्लामी
जनवर्गीय संगठनहरु – रञ्जु ठाकुर, भीम राई र अशेश्वर यादव
गैर भौगोलिक – चन्देश्वर प्रसाद सिंह र मञ्जु अन्सारी
प्रवास विशेष प्रदेश समिति – रामसहायप्रसाद यादव
पार्टीले चैत्रसम्ममा विधान अधिवेशन गर्ने तयारी थालेसँगै विभागले अभिलेख संकलनको कामलाई तिव्रता दिएको छ ।