लुम्बिनी अल स्टार्सलाई नेपाल टी-२० लिगको उपाधि

काठमाडौं । काठमाडौंमा जारी नेपाल टी२० लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा विराटनगर सुपर किंग्सलाई  २४ रनले पराजित गर्दै लुम्बिनी च्याम्पियन बनेको हो ।

लुम्बिनीले उपाधिसँगै ५० लाख रुपैयाँ प्राप्त गरेको छ । १३ खेल खेल्दा ६ खेलमा हार ब्यहोरेको उपविजेता विराटनगरले ३० लाख हात पार्यो । तेस्रो भएको जनकपुर रोयल्सले १० लाख र चौथो भएको काठमाडौं नाइट्सले ५ लाख रुपैयाँ पाएको छ । एक सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदा एक सय ९ रनमै समेटिएको थियो । 

तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहमतीमा राष्ट्रपति छान्ने माओवादी निष्कर्ष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
रामेछापमा मतगणना स्थलमा हवाई फायरः ४ जना घाइते